काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो। राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन्।
त्यसैगरी बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। उनका अनुसार बैठकले मलेसियासँग रोजगार सम्झाैता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेकाे छ।




















