×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘कर्णाली राजमार्गमा मनपरी भाडा वृद्धि’

  •  
  • आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कर्णाली राजमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफुहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

    सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट ३० देखि ५० प्रतिशत भन्दा बढी भाडा लिँदा आफुहरू मर्कामा परेको उनीहरूले बताएका हुन्।

    जुम्ला सदरमुकामको विभिन्न स्थानमा छरिएर रहेका टिकट काउन्टरबाट लामो तथा छोटो दुरीको लागि छुटेका सवारी साधनहरूले मनपरी तरिकाबाट भाडा लिँदै आएको अधिकारीहरूले बताएका छन्।

    यस विषयमा यात्रुहरूले नजिकको प्रहरी चौकी र स्थानीय प्रशासनलाई समयमा जानकारी गराएपछि कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

    मनपरी भाडा वृद्धि

    जुम्लाबाट नेपालगञ्जसम्मको लागि १ हजार २ सय र सुर्खेतसम्मको लागि ९ सय ५० रुपैयाँ भाडादर तोकिएको भए पनि एकजना यात्रुबाट १ हजार ६ सयदेखि २ हजार रूपैयाँसम्म भाडा लिँदै आएको यात्रुहरूले बताएका छन्।

    लामो दुरीको लागि मात्र नभएर छोटो दुरीमा समेत मनपरी तरिकाबाट भाडा असुल्दै आएको बताउँछन्, कर्णाली राजमार्गमा यात्रा गरिरहने तिला गाउँपालिका ४ की एकजना यात्रु पूर्णिमा शाही।

    “पहिला जे तिरेको थियो त्यही बोकेर सबैले आ-आफ्नो भाडा बोकेर आएको हुन्छन्। बीचमा थाहा नभएर एक्कासी भाडा बढाउने गर्छन्। मनपरी तरिकाले भाडा लिइरहेका छन्।”

    सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफूहरू मर्कामा परेको यहाँका स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन्।

    बेवास्ता

    यातायात व्यवसायीहरूले भने अनुसार भाडा नदिएमा गन्तव्य स्थानसम्म नपुग्दै बीच बाटोमा छोडी दिने भन्दै भाडा उठाउने गरेको बताउँछन्, तातोपानी गाउँपालिका ५ का अर्का यात्रु गोकर्ण चौलागाँइ।

    “पहिला ९५ रुपैयाँ लिन्थ्यो भने अहिले दुई सय लिन्छ। अब यसलाई १० प्रतिशत भन्ने की के भन्ने? यो मनपरी ढंगले भाडा लिने गरेको देखिन्छ। न ट्राफिकले हेर्छ। यो कुरालाई बेवास्ता गरेजस्तो लाग्छ।”

    जुम्लामा अहिले विभिन्न यातायात समितिका टिकट काउन्टर छरिएर रहेको हुनाले आ-आफ्नो तरिकाले भाडा असुल्दै आएको यातायात व्यवसायीहरू बताउँछन्।

    यसको लागि स्थानीय प्रशासनले भाडामा एकरुपता ल्याउन पहल नगरेको हुनाले आफूहरूले समेत मनपरी तरिकाले भाडा लिँदै आएको स्वीकार गर्छन्, कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिन बहादुर थापा।

    कारबाही

    “लोकलदेखि लामो दूरीसम्मको भाडा दर अनियमितता भएको छ। सबै काउन्टरहरूलाई एकै ठाउँमा राखेर एकरुपता बनाइयो भने चाहिँ भाडा कसैले पनि बढी उठाउन पाउँदैन।”

    सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले यात्रुहरूबाट भाडा उठाउँदै आएको गुनासो आएमा कानुन अनुसार कारबाही अगाडि बढाइने बताउँछन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल।

    “बढी भाडा लिने, गाडीमा दुर्व्यवहार गर्ने र गुनासो गर्दा नकारात्मक दृष्टिकोणले हेर्छन् भने बसपार्कमै प्रहरी बिट राखेका छौं गुनासो गर्न त्यस्तो उजुरी आए हामी तत्काल कारबाही गर्छौं।”

    जुम्ला सदरमुकाममा छरिएर रहेका टिकट काउन्टरहरू बसपार्कमा राख्नुपर्ने र सबै यातायात व्यवसायीहरूले तोकेअनुसारको भाडा दरलाई सार्वजनिक स्थानमा देखिने गरेर राख्नुपर्ने अधिकारीहरूले बताएका छन्।

    यात्रुहरूले पनि तोकेभन्दा बढी भाडा लिएमा तत्काल नजिकको प्रहरी चौकी तथा स्थानीय प्रशासनमा खबर गर्न आग्रह गर्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.