×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

  •  
  • आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    काठमाडौँ, कात्तिक ११ गते । कूल १३६ किलोमिटर लामो निजगढ, हेटाँैडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ ।
     
    मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिनुभयो । नयाँ प्रस्तावअनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग गरिनेछ । चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रुख काट्नुपर्ने भएकाले नयाँ मार्गको पहिचान गरिएको हो ।
     
    निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी नयाँ रेलमार्गको प्रस्ताव गरिएको हो । यसअघि निकुञ्जभित्रबाट गरिएको डिपिआरले काम नगरेपछि नयाँ डिपिआर तयारीका लागि आशयपत्र माग गरिएको विभागको भनाइ छ । विभागका सूचना अधिकारी चित्रकारकाअनुसार आयशपत्र पेश गर्ने अवधि केही दिन बाँकी रहेको छ । केहीले आशयपत्र बुझाएका छन्, भने केही कम्पनी सम्पर्कका आएका छन् ।
     
    छानिने परामर्शदाता कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक रुपमा अध्ययन गर्नुपर्नेछ । यस्तै ठेक्का कागजात तथा परियोजना कार्यान्वयनका लागि कार्ययोजना समेत तयार पार्नुपर्नेछ । आशयपत्र पेश गर्ने परामर्शदाता कम्पनीमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डिपिआरको काम सम्पन्न गरिने विभागले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्ज बाहिरबाट नै रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा यसअघि नै सहमति भएको बताउनुभयो ।
     
    निकुञ्जबाट रेलमार्ग लैजान खोजिएको भन्दै स्थानीयवासी र सरोकार भएकाले आपत्ति जनाएपछि मार्ग नै परिवर्तन गरिएको हो । निकुञ्जका सूचना अधिकारी अर्यालले निकुञ्जको मध्यवर्ती क्षेत्रबाट भने रेलमार्ग पर्ने भएको छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा निर्माण हुने रेलमार्गमध्ये निजगढ– हेटाँैडा–भरतपुर खण्डका हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत जारी छ । रेलमार्गको मार्ग नै परिवर्तन भए पनि नयाँ काम गर्नुपरेको विभागको भनाइ छ । आशयपत्र पेश गर्ने कम्पनीले डिपिआर तयार पारेपछि निर्माण शुरु गर्ने योजनामा विभाग छ ।
     
    यस्तै विभागका सूचना अधिकारी चित्रकारकाअनुसार बुटवल पश्चिम खण्डमासमेत डिपिआरको काम जारी छ । विभिन्न चार खण्डमा विभाजन गरेर उक्त रेलमार्गको डिपिआरको काम जारी रहेको र एकाध महीनाभित्रै सम्पन्न हुनेछ । मेचीबाट शुरु हुने पूर्व–पश्चिम रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म पुग्नेछ । सो रेलमार्गको कूल लम्बाइ करीब ९४६ किलोमिटर रहेको छ ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.