×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

  •  
  • आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ, कात्तिक ११ गते । केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एकहजार पाँचसय जना रहनसक्ने क्षमताको कारागार रहने छ । एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

    नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।

    विसं. २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो ।

    निर्माणाधीन उक्त कारागारमा काठमाडौँस्थित केन्द्रीय कारागारका कैदीबन्दीलाई सारिने योजना रहेको जानकारी उहाँले दिनुभयो । कारागार निर्माणका लागि ५३९ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ ।

    निर्माणाधीन उक्त कारागारमा पुरुष, महिला, समलिङ्गी, तेस्रोलिङ्गी, जघन्य अपराधमा संलग्न, मानसिक रोगीका लागि समेत छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । त्यसैगरी, कैदीबन्दीको प्रजनन अधिकारको कार्यान्वयनका लागि पति–पत्नी भेटघाट कक्ष निर्माण गर्नुका साथै विभिन्न उमेर समूहका कैदीबन्दीहरुलाई समेत छुट्टाछुट्टै राखिने गरी उक्त कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

    त्यसैगरी, उक्त कारागारमा आधुनिक अस्पताल, खेल मैदान, सीप प्रवद्र्धन केन्द्र, विद्यालय, पुस्तकालयलगायतको आधुनिक भौतिक संरचनाको विकास गरिने छ ।

    करिब बीस हजार कैदीबन्दी
    कारागार व्यवस्थापन विभागका अनुसार यस बर्षको साउनसम्म मुलुकभरि कारागारमा १९ हजार ८५४ कैदीबन्दी रहेकोमा महिलाको सङ्ख्या एकहजार २९२ रहेका छन् । त्यसैगरी, एकहजार ११२ जना विदेशी कैदीबन्दी र ६५ जना आश्रित बालबालिका रहेका छन् ।

    त्यस्तैगरी, विभागद्वारा सञ्चालित तीन बालसुधार गृहमध्ये सानो ठिमी भक्तपुरमा १४३ बालक र चार बालिका गरी १४७ जना, विराटनगरमा ६७ जना र साराङकोट पोखराको बालसुाधार गृहमा ४४ जना बालक रहेका छन् । त्यसैगरी, काभ्रे कारागारमा १८ र लमजुङ कारागारमा दुई जना मानसिक रोगी कैदीबन्दी रहेका छन् ।

    नयाँ फौजदारी मुलुकी संहिताले बालबालिकाको उमेर १६ बाट १८ कायम गरेको हुनाले बालसुधार गृहमा बालबालिकाको सङ्ख्या बढ्दै गएकाले पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र डोटीको सिलगढीमा बालसुधार गृह स्थापना गरिएको जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।

    धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र रुकुम पूर्व जिल्ला बाहेक ७२ बटा जिल्लामा अहिले ७४ वटा कारागार छन् ।

    नेपालमा कारागारको इतिहास १९७१ सालबाट सुरु भएको हो । नेपालको पहिलो कारागार कारागार शाखा काठमाडौँ जगन्नाथदेवल हो ।

    सुरुमा यसलाई सदर जेल भनिन्थ्यो र अहिले केन्द्रीय कारागार भनिन्छ । पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख जर्नेल रहने व्यवस्था थियो । २००७ सालको जनक्रान्तिपछि कारागार प्रशासन गृह मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको हो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.