×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अन्तका भन्दा भक्तपुरकी कुमारी कसरी फरक

  •  
  • बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डू उपत्यकामा प्रचलित परम्परा अनुसार जीवित देवी कुमारीको रूपमा चयन भएर पुजिने कुमारीहरूमध्ये भक्तपुरकी एकान्त कुमारीको जीवनशैली र उनीसँग सम्बन्धित रीतिरिवाज पृथक रहेको संस्कृतिविद्हरू बताउँछन्।

    भक्तपुरमा बज्राचार्य वा शाक्य कुलकी कन्या एकान्त कुमारी छनोट भएपछि दशैँ वा अन्य कुनै विशेष पर्वमा बाहेक परिवारसँग अलग्गिएर कुमारी घरमा बस्नुपर्दैन।

    उनी साधारण बालिका सरह नियमित विद्यालय जान्छिन्, मावली र आफन्तकहाँ भोजभतेरमा समेत जान पाउँछिन्।

    विमला बज्राचार्य भक्तपुरकी एकान्त कुमारी नौ वर्षीया जीविका बज्राचार्यकी आमा हुन्।

    तीन वर्षअघि आफ्नी छोरी कुमारी नियुक्त भएपछि उनको दैनिकीमा विभिन्न परिवर्तन आएको उनी बताउँछिन्।

    “पहिला त जूठोको केही मतलब हुँदैन्थ्यो। कुमारी छनोट भएपछि छोरीले जूठो खान छाडिन्। साथीहरूले स्कूलमा खाजा दिए भने पनि जूठो खादिनँ भन्छिन्। झुक्किएर उसलाई कसैको खुट्टा लागेछ भने पनि ढोग्न लगाउँछिन्।”

    काठमाण्डू र ललितपुरमा जस्तो कुमारी चयन भएपछि आफ्नो घर छाड्न नपर्ने, परिवारसँगै बस्न पाउने भएकाले अन्तभन्दा सजिलो भएको उनी बताउँछिन्।

    छनोट

    भक्तपुर शहरभरिबाट कुमारीको छनोट हुन्छ, छनोट प्रक्रिया पनि सामान्य नै हुन्छ।

    ‘उपयुक्त लक्षण’की बालिकाको शिरमा तलेजुको फूल राखिदिएर चार दिनसम्म उनी बिरामी परिनन् भने कुमारीको रूपमा छनोट हुने परम्परा रहेको भक्तपुरको तलेजुका जोशी नाइके नरेन्द्र जोशी बताउँछन्।

    भक्तपुरकी कुमारीको विशेषताबारे उनी भन्छन्, “भक्तपुरकी कुमारी परम्परादेखि नै आफ्नै घरमा बस्नुहुन्छ, विद्यालय नियमित जानुहुन्छ, साथीसँग खेल्नुहुन्छ, मामाघर जानुहुन्छ। उहाँ दशैँमा मात्र कुमारी घरमा बस्नुहुन्छ।”

    कुमारी

    ललितपुर र काठमाण्डूका कुमारी पर्वका बेलामात्र घरबाट बाहिर निस्कन पाउँछन्।

    भक्तपुरकी कुमारीलाई भने बाहिर निस्किने र विद्यालय जाने स्वतन्त्रता छ।

    कुमारीको खानपानमा भने विशेष ध्यान दिइन्छ। कुखुराको मासु वा अण्डा खान निषेध हुन्छ।

    भक्तपुरको प्रशन्नशील विहारस्थित कुमारी घरमा विगत २१ वर्षदेखि कुमारीहरूको स्याहार सुसारमा संलग्न कुमारी आमा लुकमणि बज्राचार्य कुमारी घरमा कुमारी नभए पनि दैनिक पूजाआजा गर्ने बताउँछिन्।

    महत्त्व

    “जमरा राख्नुभन्दा चार दिन वा एक दिन अगाडि पनि हुनसक्छ कुमारी यहाँ आउनुहुन्छ। पूर्णिमासम्म बस्नुहुन्छ।”

    “त्यसबाहेक पनि बीचमा कसैले दर्शन गर्छु भन्यो भने म कुमारी आमाले कुमारीको घर गएर यहाँ कुमारी घरमा ल्याएर शृङ्गार गर्छु। उहाँ नभएको अरूबेला पनि दैनिक सबै पूजाहरू गर्नुपर्छ।”

    तर काठमाण्डूको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धव कर्माचार्यको तर्क छ, खुलाभन्दा गोप्य कुराको महत्त्व बढी हुन्छ।

    कुमारी

    राजधानीको वसन्तपुरस्थित कुमारी घरमा गोप्य रूपमा राखिने भएका कारण नै काठमाण्डूकी कुमारीलाई राज्यकै देवीको रूपमा पुजिने उनको भनाइ छ।

    “उहाँको तलेजुमा विशेष गोप्य पूजा हुन्छ। सामान्य खाना त उहाँले कुमारी घरमै खानुहुन्छ। तर उहाँको लागि विशेष गोप्य भोजन दैनिक तलेजुबाटै पठाउँछौँ। त्यो उहाँले ग्रहण गर्नुहुन्छ देवीको रूपमा।”

    काठमाण्डू उपत्यकामा ठाउँ अनुसारका विशिष्ट परिचय, पहिचान र परम्परा ‌अनि आचार, व्यवहार र विश्वासबीच निरन्तरता पाइरहेको प्रथा अन्तर्गतका देवताहरूका बीच आपसी तुलना हुन नसक्ने मानिसहरूको मत छ।

    र, यी सबै परम्पराको महिमा उत्तिकै रहेको संस्कृतिविद्हरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.