×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कुटाकुटपछि गाउँमा पुरुषहरुको भागाभाग, दशैं मान्नसमेत फर्किएनन्

  •  
  • मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ६ कात्तिक, सप्तरी । जिल्लाको बलान-बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीका अधिकांश पुरुष गाउँमा छैनन् । दशैंजस्तो चाडमा पनि पुरुषहरु गाउँ फर्किएनन् । यहाँका पुरुषहरु रोजगारीका लागि विदेश गएका भने होइनन् ।

    गाउँमा दुई पक्षबीच भएको झडपमा दुबै पक्षले प्रहरीमा एक अर्काबिरुद्व जाहेरी दिएपछि पक्राउ पर्ने डरले उनीहरु गाउँमा नबसेका हुन् । त्रासका कारण गाउँ छाड्नेमा वडाअध्यक्षसमेत  रहेका छन् ।

    यस गाउँका दुई पक्ष गरी ४० जनाबिरुद्व मुद्दा दर्ता भएको छ । २२ जनाबिरुद्व अंगभंग तथा ज्यान मार्ने उद्योग अन्तर्गत तथा १८ जनाबिरुद्व ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गरिएको छ । ‘४० जना त भाग्ने नै भए’ तर आफ्नो पनि नाम जाहेरीमा भएको हुन सक्ने त्रासमा समेत धेरैले गाउँ छाडेका छन्’ एक स्थानीयले भने, ‘गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैंको रौनक पनि देखिएन् ।’

    एक पक्षले २२ जनाविरुद्व अंगभंग तथा ज्यान मार्ने उद्योग अन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । २२ जनाविरुद्व दर्ता गरिएको मुद्दामा वडा अध्यक्ष विन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देबनारायण यादवसहितकालाई विपक्षी बनाइएको छ ।

    ज्यान मार्ने उद्योग अन्तर्गत १८ जनाविरुद्व दर्ता भएको मुद्दामा बलान-बिहुल गाउँपालिकाको अध्यक्षमा तत्कालिन एमालेबाट उम्मेदबारी दिएका अशोक यादव, तत्कालिन माओवादीका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्र यादव, विजेन्द्र यादवसहितकालाई विपक्षी बनाइएको छ ।

    दुबै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनीहरुको खोजतलास भइरहेको छ । श्रेष्ठले खोजबिन शुरु गर्दा उनीहरु भारत पसेको जानकारी पाएको बताउँदै ल्याउने प्रयास भइरहेको बताए ।

    सरकारी मोटरसाइकलसहित वडाअध्यक्ष भारतमा

    दुबै पक्षको मुद्दा दर्ता भएपछि गाउँका अधिकांश पुरुष भारत छिरेका छन् । पुरुषको समूहमा रहेका बलान-बिहुल गाउँपालिका ५ का अध्यक्ष विन्देश्वर यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । वडा अध्यक्षले गाउँपालिकाबाट लिएको स १ ब १०९८ नम्बरको मोटरसाइकलसमेत लिएर भारत पसेको स्थानीयहरुले बताएका छन् ।

    दुर्गा पूजाको समिति बनाउँदा नै कुटाकुट

    रामनगरमा दुर्गा पूजा भव्य रुपमा मनाउन गत भदौको दोस्रो साता भेलाको आयोजना गरिएको थियो । भेलाले धनीचन यादवको अध्यक्षतामा ११ सदस्यीय पूजा समिति गठन गरेको थियो । तर समितिमा कसले रकम राख्ने र खर्च गर्ने सम्बन्धमा चर्काे विवाद भएको थियो । त्यही विवादका क्रममा भएको झडपमा १० भन्दा बढी घाइते भएका थिए ।

    समितिको २ असोजमा बसेको बैठकमा पूजाका लागि गाउँमा चन्दा उठाउने, राख्ने र खर्च कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेकपा पक्षधर अध्यक्ष धनीचन र फोरम पक्षधर नातामा काका भतिज रहेका सचिव आशाराम यादव र कोषाध्यक्ष प्रदिपकुमार यादवको रकम उठाउने र खर्च गर्ने विषयमा भएको विवादले झडप भएको थियो ।

    यो झडप पार्टीगत रुपमा भएको देखिएको बताउँदै स्थानीय एक गाउँलेले भने, ‘वडा अध्यक्षमा बिन्देश्वर फोरम नेपालबाट निर्वाचित भएका हुन् भने अर्काे पक्ष नेकपाबाट स्थानीय तहको निर्वाचनमा पराजित भएका समूह हुन् ।’

    गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत दुबै पक्षका व्यक्तिहरु गाउँबाट फरार रहेकााले मिलाउनका लागि प्रयास भइरहेको बताए । ‘मुद्दा दर्ता भए पनि दुबै पक्षलाई सहमतिमा ल्याएर विवादलाई सल्टाउन लागिपरेका छौं’ उनले भने ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.