×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एशियाली स्तरको सडक बनाउन के छन् चुनौती

  •  
  • सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालले दुईवटा प्रमुख राजमार्गलाई एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रतिबद्धता ४ वर्षअघि जनाए पनि सो बमोजिमका काम भने हुन नसकेको अधिकारीहरूले बताएका छन्।

    प्रतिबद्धता अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गतका दुईवटा खण्डलाई मापदण्ड अनुरूप चार लेनको बनाउन प्रक्रिया शुरू गरिएको सडक विभागले जनाएको छ।

    वीरगञ्ज-कोदारी राजमार्गमा भने कहाँबाट कसरी बनाउने भन्ने टुङगो लाग्नै बाँकी छ।

    सडकलाई स्तरोन्नति गर्न खर्बौँ रुपैयाँ लाग्ने भएकाले स्रोत जुटाउन मुख्य चुनौती हुने विज्ञहरूको टिपप्णी छ।

    वाचा

    नेपालले १०२७ किलोमिटर लामो पूर्वपश्चिम राजमार्ग र २९७ किलोमिटर लामो वीरगञ्ज कोदारी राजमार्गलाई एशियाली राजमार्गको मापदण्ड अनुसारको बनाउने प्रतिबद्धता जनाएको थियो।

    सरकारी प्रतिबद्धता बमोजिम पूर्व-पश्चिम राजमार्गको केही खण्डलाई भने एसियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रक्रिया शुरू गरिएको सडक विभागका महानिर्देशक रवीन्द्रमान श्रेष्ठले बताए।

    उनले भने, “पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउन शुरू गर्ने भनेर नारायणगढ-बुटवल खण्डको निर्माण सम्झौताको चरणमा छ। कमलादेखि कञ्चनपुरसम्मको पनि बोलपत्र आह्वान भएको छ। पथलैया-कमला सम्मका लागि कुराकानी भइरहेको छ।”

    अन्य खण्डका हकमा भने सवारी चापको अवस्थाको अध्ययन गरेर मात्रै चार लेनको बनाइने प्रक्रिया अगाडि बढाउने बताइएको छ।

    पुल

    तर सरकारले आफैँ लगानी गर्ने अवस्था नरहेकाले विभिन्न दातृ निकायसँग छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताए।

    उत्तर दक्षिण सडकका हकमा भने निर्माणाधीन निजगढ-काठमाण्डू द्रुतमार्गलाई उक्त मापदण्ड अनुसारको बनाउने योजना सडक विभागले बनाएको छ। तर त्यसमा पनि लगानी खोज्नैपर्ने अवस्था रहेको छ।

    चुनौती

    एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रतिबद्धता अनुरूपको सडक बनाउन स्रोत र सरकारी तत्परताकै कमी रहेको भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाको भनाइ छ।

    उनले भने, “त्यसका लागि ठूलो रकम लाग्छ। देशसँग त्यो रकम हुनुपर्‍यो। पहिलो चुनौती त्यही रकम नहुनु हो। नारायणगढ-बुटबलसम्म एशियाली विकास ब्याङ्कले पैसा दिएकाले शुरू हुन सकेको हो।”

    “त्यस्तै अन्य दाताहरूले पैसा दिँदै गए भने अन्यत्र पनि निर्माण हुन सक्छ। स्रोत र गरेको सम्झौतलाई पालन गर्ने सरकारी तत्परता दुईवटा मुख्य चुनौती हुन्।”

    एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउन सबैभन्दा धेरै चुनौती पुलहरूमा देखिन्छ। सानाठूला गरेर झण्डै साढे ५ हजार पुल पूर्व-पश्चिम राजमार्गमा पर्दछन्।

    ती सबैलाई सडकसँगै चार लेनको बनाउनुपर्ने हुन्छ। चार लेनको सडक अनि तिनमा आधुनिक ट्राफिक सङ्केतहरू राख्नुपर्ने व्यवस्था छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.