रामु सापकोटा
मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले मलेशियाका पूर्व उपप्रधान मन्त्री एवम् गृहमन्त्री अहमद जाहिद हमिदीलाई करिब रु दुई करोड १२ लाख ५० हजार रकम भ्रस्टाचार गरेको आरोपमा कारवाही थालेको छ ।
आयोगले हमिदिलाई बिहीबार पक्राउ गरेको हो । आयोगले उनलाई अदालतमा उपस्थित गराएर थप सोधपुछ गरिरहेको छ ।
आयोगले हमिदीमाथि दुई करोड १२ लाख ५० हजार मलेशियन रिंगिट भ्रस्टाचार गरेको आरोपमा कारवाहीअघि बढाएको हो ।
आयोगका अनुसार मलेशिया जाने कामदारको राहदानी संकलन गरी भिसाका लागि प्रक्रिया शुरु गर्ने कम्पनी मार्फत हमिदीले श्रमिकबाट असुलिएको रकम लिएका थिए ।
मलेशिया र नेपालका सरकारी अधिकारिको मिलेमतोमा ओएस्सी भनिने उक्त प्रणाली लगायतका विभिन्न प्रक्रियाबाट अनधिकृत रुपमा सञ्चालन गर्न र कामदारबाट रकम असुल्न अनुमति दिएको विषयमा हिमालखबर पत्रिकामा समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारमार्फत ओएस्सी लगायतका प्रणाली नेपालमा भित्र्याउन मलेशियाका तत्कालीन गृहमन्त्री हमिदीको संलग्नताबारे खुलासा गरिएको थियो ।
मलेशियाका सञ्चार माध्यममा पनि उक्त समाचार प्रकाशित भएपछि हमिदीले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका थिए ।
himalkhabar


