×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिना अध्ययन वृक्षारोपण गर्दा जंगल स्वाहा

  •  
  • सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    टीकाप्रसाद भट्ट

    कार्तिक ५, २०७५ रामेछाप — सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करिब ९० प्रतिशत सल्लोका रुख सुकेका छन् । तत्कालीन् जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो । सल्लो सुकेपछि जंगल स्वाहा भएको छ ।

    समुन्द्र सतहदेखि १ हजार मिटरमाथि मात्र हुने सल्लोको विरुवा होचो र धेरै गर्मी हुने मन्थली आसपासको क्षेत्रमा लगाउँदा उक्त कार्यालयले कुनै अध्ययन गरेको थिएन ।
    जलवायू र माटो सुहाउँदो विरुवा लगाउनु पर्नेमा वृक्षारोपणको नाममा अध्ययन बिना होचो भागमा सल्लो लगाइएको थियो । मन्थली आसापासको क्षेत्र १ हजार मिटरभन्दा होचो भागमा पर्छ ।

    स्थानीय शिवप्रसाद सुवेदीका अनुसार सानीमदौ क्षेत्रमा मात्र यो वर्ष सयौं सल्लो ठाडै सुकेका छन् । ‘१० मध्ये ९ सुकेका छन्’ सुवेदीले भने,‘अब हरियो गन्न सकिने मात्र बाँकी छन् । उक्त क्षेत्रमा करिब १५ वर्षअघि सल्लो रोपिएको थियो । सल्लोका रुखहरु झण्डै एक फिट गोलाई सम्मका भएका थिए ।

    सल्लो रोपेपछि स्थानीय जातका रुखविरुवा नासिएका छन् । सल्लो जातको विरुवाले वरिपरी अन्य प्रजातिका विरुवा हुर्कन दिदैन । स्थानिय सतिवयर,धंगेरा,बोटधंगेरा,खयर,करम लगायतका विरुवाहरुको धेरै कमी भएको छ । ‘पहिलेका बिरुवा छैनन्, सल्लो पनि मर्‍यो’ सुवेदीले भने,‘बन उजाड जस्तै बनेको छ ।’

    डिभिजन वन अधिकृत शभ्भु तिवारीले ठूलो परिणाममा सल्लो मर्नुका पछाडि विस्तृत अध्ययननै गर्नुपर्ने बताएका छन् । चिसो तापक्रममा हुने प्रजातिलाई तातो हावापानी र गर्मी हुने क्षेत्रमा लगाइएकाले सल्लो मरेको हुनसक्ने बलियो आधार रहेको उनले बताए । ‘अध्ययन गरेर मात्र विरुवा लगाउनु पथ्र्यो ’ तिवारीले भने,‘त्यति वेलाका साथिहरुले ख्याल पुर्‍याउनु भएनछ । ’

    तिवारीका अनुसार मन्थली मात्र हैन, धेरै बेंसी क्षेत्रमा सल्लोको रुखहरु ठाडै सुकेका छन् । यसो हुनुमा जरामा लाग्ने रोग पनि हुन सक्ने आशंका उनले गरेका छन् । बाबियाखर्क,भलुवाजोर क्षेत्रमा पनि सल्लो नासिने क्रममा रहेको उनले बताए ।

    तिवारीका अनुसार १ हजार मिटरभन्दा तलको भागमा सल्लो लगाउने नै हैन । ‘चिसो पाउञ्जेल ती थेगिए,जब तातो बढ्यो मरे’ तिवारी भन्छन,‘यतिञ्जेल सम्म जबरजस्ती बाँचे । ’

    मन्थली आसपासको क्षेत्रमा उपयुक्त हुने विरुवा खयर, सिसौ र साल हो । कम वर्षा हुने सुख्खा क्षेत्रमा पछिल्लो वर्ष क्यासियो फष्टाएको छ । क्यासियोलाई कम पानीमा गर्मी सहने विरुवाको रुपमा लिइन्छ ।
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.