×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खशोग्गी प्रकरणः प्रश्नको घेरामा साउदी अरेबिया

  •  
  • आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणबाट आफ्नो ‘चित्त नबुझेको’ बताएका छन्।

    शुक्रवार रियादले खशोग्गी र आफ्नो वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको बाझाबाझले मृत्युको घटना निम्त्याएको बताएको थियो।

    तर साउदी अरेबियाले प्रस्तुत गरेको विवरणप्रति सन्देहहरू व्यक्त भइरहेका छन्।

    अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएदेखि खशोग्गी बेपत्ता भएका थिए।

    असर

    टर्कीका अधिकारीहरूको विश्वास छ, साउदी सरकारका आलोचक खशोग्गीको हत्या गरिएको र उनका शव टुक्रा टुक्रा पारी फालिएको हुनुपर्छ।

    साउदी विवरणबारे ट्रम्पले भने, “हामीले जवाफ पत्ता नलगाएसम्म मेरो चित्त बुझ्नेछैन।”

    उनले थपे, “साउदी अरेबियामाथि प्रतिबन्धको विकल्प भए पनि उससँगको अस्त्र सम्झौता रोकिएमा उनीहरूलाई भन्दा हामीलाई बढी असर पर्नेछ।”

    साउदी अरेबियाका शक्तिशाली राजकुमार मोहम्मद बिन सलमानलाई खशोग्गीको हत्याबारे थाहा नहुनु ‘सम्भव भएको’ ट्रम्पको भनाइ छ।

    शुक्रवारअघि सम्म साउदी अरेबियाले खशोग्गीको अवस्थाबारे आफूसँग कुनै जानकारी रहेको कुरा अस्वीकार गर्दै आएको थियो।

    उसले पत्रकार खशोग्गी इस्तानबुलस्थित वाणिज्य दूतावास भवनबाट सकुशल बाहिरिएको बताउने गरेको थियो।

    प्रतिबद्धता

    टर्कीले खशोग्गी बेपत्ता प्रकरणबारे सबै तथ्यहरू बाहिर ल्याइछाड्ने प्रतिबद्धता जनाएको छ।

    साउदी अरेबियाले खशोग्गीको हत्या गराएको आरोप सार्वजनिक रूपमा लगाउन चाहिँ टर्कीले अहिले बन्द गरेको छ।

    यद्यपि टर्कीका अनुसन्धानकर्ताहरूले साउदी एजेन्टहरूको एउटा समूहले नै खशोग्गीको हत्या गरेको बताएका छन्।

    खशोग्गी

    आफूहरूसँग त्यसको श्रव्य र दृश्य प्रमाण समेत रहेको उनीहरूको भनाइ छ।

    टर्कीको प्रहरीले साउदी वाणिज्य दूतावास र वाणिज्य दूतको निवासका साथै नजिकैको जङ्गलमा पनि खोजतलास गरिरहेको छ।

    खशोग्गीको शव जङ्गल वा खेतमा गाडिएको हुनसक्ने अधिकारीहरूको आशङ्का छ।

    साउदी विवरणबारे कसले के भने?

    साउदी अरेबियाका निकट साझेदारहरूले पनि खशोग्गी प्रकरणबारे उसको आलोचना गरिरहेका छन्।

    जर्मन चान्सलर एंगेला मर्केलले खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरण ‘अपर्याप्त रहेको’ बताएकी छन्।

    फ्रान्सका विदेशमन्त्रीले ‘कैयौँ प्रश्नहरू अनुत्तरित रहेको’ प्रतिक्रिया दिएका छन्।

    ब्रिटेनको विदेश मन्त्रालयले ‘भयानक कार्य’को संज्ञा दिएको छ र घटनामा संलग्नहरूलाई ‘कानूनी दायरामा ल्याइनुपर्ने’ बताएको छ।

    क्यानाडाले पनि साउदी विवरणमाथि प्रश्न उठाएको छ। उसकी विदेशमन्त्रीले साउदी विवरणमा ‘एकरुपता र विश्वसनीयता नदेखिएको’ बताएकी छन्।

    खशोग्गी

    युरोपेली संघ र संयुक्त राष्ट्रसंघले घटनाबारे पर्याप्त अनुसन्धान गर्न आग्रह गरेका छन्।

    कैयौँ अमेरिकी सांसदले पनि खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणप्रति सन्देह प्रकट गरेका छन्।

    अष्ट्रेलियाले यसै महिनाको अन्त्यतिर रियादमा हुने लगानी सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ।

    यसअघि संयुक्त राज्य अमेरिका, ब्रिटेन, नेदरल्याण्ड्स र फ्रान्सका विदेशमन्त्रीले सो सम्मेलनमा नजाने घोषणा गरिसकेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.