×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

खशोग्गी हत्या: टर्कीद्वारा सत्य खुलासा गर्ने प्रतिबद्धता

  •  
  • आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साउदी अरेबियाले इस्तानवुलस्थित उसको वाणिज्य दूतावासमा पत्रकार जमाल खशोग्गी मारिएको पहिलो पटक स्वीकार गरेपछि टर्कीले उनको हत्यासम्बन्धी सबै विवरणहरूको खुलासा गर्ने प्रतिबद्धता जनाएको छ।

    टर्कीको सत्तारूढ दलका प्रवक्ताले टर्कीले ढाकछोपलाई कहिल्यै स्थान नदिने बताएका छन्।

    शुक्रवार साउदी अरेबियाले आफ्नो एक प्रभावशाली आलोचक रहेका खशोग्गीको ‘मुक्काबाजी’का कारण मृत्यु भएको जनाएको छ।

    टर्कीका अधिकारीहरूले यसअघि खशोग्गीको हत्या वाणिज्य दूतावासभित्रै जानाजान गरिएको र उनको शव टुक्रा टुक्रा पारिएको बताएका थिए।

    दबाब

    यो हप्ताको सुरूमा नाम नखुलाइएका टर्कीका अधिकारीहरूले खशोग्गीको मृत्यु प्रमाणित गर्न आफूहरूसँग श्रव्यदृश्य प्रमाण रहेको सञ्चारमाध्यमलाई बताएका थिए।

    खशोग्गी बेपत्ता भएको विषयलाई लिएर साउदी अधिराज्यलाई उनको अवस्थाबारे बताउन अत्यधिक दबाब परेको थियो।

    आफ्नी पूर्वश्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित भएको कागजात लिन सेप्टेम्बर २८ मा पहिलो पटक उनी वाणिज्य दूतावास गए ताकी उनले कुरा छिनोफानो भएकी टर्कीकी महिलासँग विवाह गर्न सकून्।

    तर त्यसका लागि उनलाई अक्टोबर २ तारिखमा पुन: वाणिज्य दूतावास आउन भनिएको थियो।

    खानतलासी

    हिजोसम्म साउदीले उनी कहाँ छन् भन्ने बारे अनभिज्ञ रहेको बताउँदै आएको थियो।

    बरू उनले सकुशल वाणिज्य दूतावासको भवन छाडेको बताइएको थियो।

    टर्कीका प्रहरी र अभियोजनकर्ताहरूले यो हप्ता वाणिज्य दूतावासमा खानतलासी गरेका थिए।

    शुक्रवार उनीहरूले खानतलासीलाई तीव्र पार्दै एउटा नजिकैको जंगलमा पनि पुगे र नाम नखुलाइएका अधिकारीहरूले उनको शव त्यहाँ गाडिएको हुनसक्ने आशंका गरेका छन्।

    प्रतिक्रिया

    खशोग्गी र वाणिज्य दूतावासमा उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदीले जनाएको छ।

    उसले छानविन जारी रहेको र १८ जना साउदी नागरिकहरूलाई गिरफ्तार गरिएको जनाएको छ।

    रोयटर्स समाचार संस्था र न्यूयोर्क टाइम्ससँग कुरा गर्दै नाम नखुलाइएका अधिकारीहरूले साउदीले स्थानीय सहयोगीहरूलाई शव गाड्नका लागि दिएपछि शव कहानेर छ भनेर उनीहरूलाई थाहा नभएको बताएका छन्।

    खशोग्गीको हत्या प्रकरणलाई लिएर एकजना उच्च गुप्तचर अधिकारी अहमद अल-असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई बर्खास्त गरिएको छ।

    साउदी अधिकारीहरूले यसको प्रमाण दिन भने अझै बाँकी नै छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जे भयो त्यो अस्वीकार्य रहेको बताउँदै साउदी अधिकारीहरूको गिरफ्तारी पहिलो महत्त्वपूर्ण कदम भएको जनाए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.