कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने पाँच दर्जन बरावर घाइते भएका छन्।
इटहरीबाट भैरहवाका लागि छुटेको लु.१ ख ८४५४ नम्बरको बस आइतबार बिहान ५ बजेको समयमा दुरघटना हुदा बसमा सवारहरुले ज्यान गुमाउनु का साथै अन्य धेरै घाईते भएका थिए । सडक देखी ३५ मिटर तल खसेको बसमा मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
अत्याधिक गति र बसको हेड लाईट मधुरो भएका कारण घटना भएको अनुमान गरीएको छ । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
तस्बिर दिपक भट्टराईको फेसबुक पेजबाट कपी गरीएको




















