×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बुटवल-बेलहिया ६ लेन सडकः तीन वर्षको काम ८ वर्षमा पनि पुरा भएन

  •  
  • शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    टवल । पटक-पटक म्याद थप हुंदै कार्तिकसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ ।

    कूल २७ किलोमिटर दुरीको मार्ग अन्तर्गत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि मणिग्रामदेखि भैरहवासम्मको सडक निर्माण समयमा पुरा नभएको हो ।

    तीन वर्षमा सक्ने लक्ष्यसहित शुरु भएको आयोजना आठ वर्षमा पनि पूरा नहुँदा सडक हिउँदमा धुलाम्मे र वषर्ायाममा हिलाम्मे हुने गरेको छ । धुलो र हिलोले विशेषगरी मोटरसाइकलमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ ।

    सडक निर्माणका क्रममा डिजाइन परिवर्तन, शुरुको डिजाइनमा २ वटा नाला मात्र रहेकोमा थप २ वटा गरी ४ वटा नाला निर्माण गर्नुपरेको, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सिमा भित्रका घर/संरचना हटाउन ढिलाई, कच्चा पदार्थको अभाव, तराई मधेश आन्दोलन, बन्द हड्ताल जस्ता कारणले आयोजना समयमै पुरा हुन नसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रको तर्क छ ।

    बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको फैसलाले रोकिएको छ । चार प्याकेजमा ठेक्का सम्झौता गरी काम भएकोमा १२ किलोमिटर मध्ये ५ किलोमिटरमा बेसको काम समेत शुरु हुन सकेको छैन ।

    ७ किलोमिटर क्षेत्रमा मुख्य लेनमा ग्रावेल गर्ने र पहिलो लेयरमा अलकत्रा बिच्छाउने गरिएको भएपनि ५ किलोमिटर क्षेत्रभने खाडल सहितको धुलाम्मे छ ।

    आयोजना प्रमुख इञ्जिनियर जिवेन्द्र मिश्रले यसवर्षको जेठ महिनादेखि असोज महिनासम्म नै पानी परेकोले काम गर्न कठिनाई भएको बताए ।

    मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोक सम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम ईण्डिया लिमिटेड टिसिआईएलले एक अर्ब रुपैयां लागतमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ ।

    त्यस्तै सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयां लागतमा कालिका रायमाझी र लखनचोकदेखि अञ्चलपुर सम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयां लागतको ठेक्का सम्झौता गरी निर्माण गरिरहेका छन् ।

    आयोजना प्रमुख मिश्रका अनुसार टिसिआईएलले निर्माण गरिरहेको दुई प्याकेजकै सडक ६० प्रतिशत निर्माण भएको छ भने कालिका रायमाझीले निर्माण गरिरहेको खण्ड ८७ प्रतिशत काम पुरा भएको छ ।

    बिरुवा श्रेष्ठ एपेक्सले निर्माण गरिरहेको सडक जम्मा ५० प्रतिशत काम पुरा भएको छ । निर्माण कम्पनीहरुले ३० महिनामा पुरा गर्नेगरी २०७२ साल माघमा ठेक्का सम्झौता गरेका थिए ।

    सम्झौता अवधि गत असारमै सकिए पनि मधेश आन्दोलन,भारतको नाकाबन्दी लगायतका परिस्थितिका कारण सडक निर्माण समयमै पूरा हुन सकिरहेको छैन ।

    निर्वाचन, विभिन्न समुहको बन्द हड्ताल, बेमौसमी वषर्ा, चाडपर्व लगायतका कारण २ सय १८ दिन काबु बाहिरको समय भन्दै अवधि थप गर्न निर्माण कम्पनीले आयोजनामा निवेदन दिएका छन् । आयोजनाले उक्त समय थप गर्दा निर्माण कम्पनीले आगामी फागुनसम्मको समय पाउने छन् ।

    फागुनसम्म थपिएको समयमा पनि काम पुरा नगर्ने निर्माण कम्पनीसंग आयोजनाले जरिवाना असुल गर्न सक्ने छ । आयोजना प्रमुख मिश्रले फागुनसम्म सर्भिस लेन सहितकै सबै सडक निर्माण पुरा हुने दावी गर्छन् ।

    यो मार्गको मुख्य सडक १०.४० मिटर चौडाईको चार लेन रहेको छ भने सर्भिस लेन दुवैतर्फ ६ मिटर चौडाईको छ । बिचको डिभाइडर ३ मिटर चौडाईको छ भने डिजाइन स्पिड ८० किमि प्रति घण्टा रहेको छ ।

    आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड हो । स्थानीय तहहरुले नदिजन्य वस्तुको ठेक्का लगाई नसकेकोले बांकि रहेको सडकमा नदिजन्य पदार्थको अभाव छ ।

    समयमै नदीजन्य पदार्थ उपलब्ध नभए फेरि फागुनसम्म पनि सडक पुरा नहुने अवस्था आउन सक्छ । आयोजना प्रमुख मिश्रका अनुसार अझै ४० हजार घनमिटर नदिजन्य पदार्थ आवश्यक पर्छ । प्रत्येक वर्षको विनियोजित वाषिर्क बजेटको ९५ प्रतिशत भन्दा बढी रकम भने आयोजनाले खर्च गरेको छ ।

    बुटवल बेलहिया ब्यापारिक मार्ग अन्तर्गत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीलाई करिव एक करोड जरिवाना तिराइएको छ । गत मंसिर महिनामा सम्पन्न गरी सक्नुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार रुपैया राजश्वमा दाखिला गरिसकेको आयोजनाका प्रमुख जिवेन्ऽ मिश्रले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.