कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक ३ गते । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित शुक्रबार ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विष्फोटमा अन्य २ जनासमेत घाइते भएको छ ।




















