×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

क्यानडामा मनोरञ्जन निम्ति गाँजा सेवन र बिक्री खुला

  •  
  • शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    क्यानडाले बुधबारदेखि लागू हुने गरी गाँजा सेवन र बिक्री खुला गरेको छ। मनोरञ्जनका लागि गाँजा खुला गर्ने क्यानडा दोस्रो सबभन्दा बढी जनसंख्या भएको मुलुक हो। त्यहाँको संसदले गत असार पहिलो साता नै यससम्बन्धी कानुन पास गरेको थियो। कानुन लागू हुने मिति भने तोकिएको थिएन।

    क्यानडा सरकारले बुधबार मध्यरातदेखि १८ वर्ष उमेर पुगेकालाई मनोरञ्जन निम्ति गाँजा सेवन गर्न र उमार्न कानुनी अनुमति दिने निर्णय गरेको हो। वैध भए पनि गाँजा बिक्री व्यवस्थित गर्न क्यानडाका प्रान्तहरूले आ–आफ्नै कानुन बनाउनेछन्।

    संघीय सरकारले केही आधारभूत निर्देशिका भने जारी गरेको छ, जुन सबै राज्यमा लागू हुनेछ। गाँजा प्याक गर्दा थोरै ब्रान्डिङ र स्वास्थ्य चेतावनी हुनुपर्नेछ। युवा समूहलाई लक्ष्य गरी विज्ञापन गर्न पाइने छैन।

    मनोरञ्जन निम्ति खुला गरिएको भए पनि केही सीमा तोकिएका छन्। सार्वजनिक स्थानमा ३० ग्रामभन्दा बढी गाँजा सेवन गर्न र घरमा चार वटाभन्दा बढी बिरूवा रोप्न पाइने छैन।

    तोकिएको उमेरभन्दा कमका व्यक्तिलाई गाँजा बिक्री गरेको फेला परे १४ वर्षसम्म जेल सजाय र जरिवाना हुनेछ। केहीले यो सजाय कडा भएको टिप्पणी गरेका छन्। कम उमेरकालाई रक्सी बेच्दा जस्तो सजाय हुन्छ, त्यस्तै गाँजा बेच्नेलाई पनि हुनुपर्ने उनीहरूको भनाइ छ।

    क्यानडामा गाँजा सेवन र बिक्री गरेको अभियोगमा यसअघि ५ लाख जनालाई दण्डित गरिएको थियो। नयाँ कानुनअनुसार उनीहरूले सफाइ पाउँछन् कि पाउँदैनन् भन्ने प्रस्ट भइसकेको छैन।

    क्यानडामा सन् १९२३ देखि गाँजा अवैधानिक थियो। २००१ मा औषधि प्रयोजन निम्ति खुला गरियो। मनोरञ्जन निम्ति पनि खुला गर्न करिब दुई वर्षदेखि गृहकार्य हुँदै आएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्यूले पदबहालीलगत्तै मनोरञ्जन निम्ति गाँजा खुला गर्ने घोषणा गरेका थिए।

    चार महिनाअघि संसदबाट कानुन पास भएपछि उनले ट्विट गरेका थिए, ‘हाम्रा केटाकेटीले अब सहजै गाँजा पाउने भएका छन्। अवैधानिक कारोबारीले नाफा खाइरहेका थिए, हामीले यो स्थिति परिवर्तन गर्यौं। गाँजा खुला गर्ने कानुन संसदले पास गरेको छ।’

    सन् २०१५ को तथ्यांकअनुसार क्यानडाका नागरिकले गाँजामा करिब ४ अर्ब ५० करोड डलर खर्च गरेका थिए। उनीहरू वाइनमा पनि यही हाराहारी खर्च गर्छन्।

    कानुनी मान्यता पाएलगत्तै क्यानडाका पूर्वी प्रान्तहरूमा थुप्रै गाँजा बिक्री केन्द्र सञ्चालनमा आएका छन्। अमेरिकी समाचार संस्था एपीको सर्वेक्षणअनुसार देशभरि १ सय ११ वटा गाँजा बिक्रीकेन्द्र खुल्ने तयारीमा छन्।

    ‘हामीले देखेको सपना आज पूरा भयो,’ ३० वर्षदेखि क्यानडामा अवैध रूपले गाँजा बिक्री गर्दै आएका टम क्लार्कलाई उद्धृत गर्दै अखबार द गार्डियनले लेखेको छ। यसअघि सन् २०१३ मा उरुगुवेले खुला गरेको थियो।

    केही वर्षअघि विश्वका धेरै देशमा गाँजा प्रतिबन्ध थियो। पछिल्लो समय गाँजा खुला गर्ने देशको संख्या बढ्दो छ। हालै बेलायत सरकारले पनि गाँजाको औषधीय प्रयोग खुला गर्नेबारे छलफल गर्ने बताएको छ।

    युरोपका १४ देश, इजरायल, अर्जेन्टिना, पुर्तोरिको, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाबेमा औषधीय रूपमा गाँजा खुला छ। अमेरिकाका २९ राज्यमा औषधीय र कोलम्बियाका साथै अरू नौ राज्यमा औषधी र मनोरञ्जन दुवै रुपमा गाँजा खुला छ।

    स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमाइका, चिली, पेरु, कोलम्बिया, इक्वेडर र लम्जेम्बर्गले पनि व्यक्तिगत रूपमा गाँजा प्रयोग कानुन खुकुलो पारेका छन्। अन्य केही देश र राज्य पनि गाँजा खुला गर्ने योजना बनाइरहेका छन्।

    परित्यक्त गाँजाले विश्वमा वैधानिकता पाउँदै जानुको मुख्य कारण औषधीय गुण नै हो। अन्तर्राष्ट्रिय स्तरमा भएका वैज्ञानिक अनुसन्धानले गाँजाका धेरै फाइदा देखाएको छ।

    ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ताको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानको निष्कर्ष छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

    पूर्वीय सभ्यतामा धेरै अघिदेखि गाँजा आयुर्वेदिक ओखतीका रूपमा प्रयोग हुँदै आएको थियो। सन् १९७३ मा अमेरिकासहित पश्चिमी दबाबले नेपालमा प्रतिबन्धित भयो। उनीहरू खुला गर्ने होडमा लागेका बेला नेपाल आफ्नो आयुर्वेदिक ज्ञानमा पछि पर्न नहुने विज्ञहरूले बताउँदै आएका छन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.