कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक २ गते । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ।
दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।
विजयादशमीको टीकाको शुभसाइत बिहान ९ः ५१ बजेदेखि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पुर्ण साईत खोज्नेहरुलाई बिहान ९ः५१ मा टिका लगाउन समितिले अनुरोध गरेको छ । तर टिकाको शुभ साईत पछि पनि जुन कुनै बेला टिका ग्रहण गर्न शुभ रहेको समितिले निर्णय गरेको छ ।
असत्यमाथि सत्यको जितका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ।


