कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक २ गते । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बिहीबार राती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएका छन ।
दुरघटनामा परी ज्यान गुमाउनेहरु मध्ये १ जनाको मात्र सनाखत भएको छ । अन्य २ जनाको अहिले सम्म सनाखत हुन नसकेको जिप्रका चितवनले जनाएको छ । मृत्यु हुनेमा झापा जिल्ला मेची नगरपालिका ८ बस्ने ३५ बर्षिय उदयमान राजवंशी हुन । मृत्यु हुने ३ जना पुरुष हुन ।
काकरभिट्टाबाट पोखरा आउदै गरेको ना. ५ ख ४३८३ नम्बरको बस जलविरेको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ।


