×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिएनएनको उत्कृष्ट पेयपदार्थ सूचीमा परेको ‘नेवा: ऐला’

  •  
  • बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    अनुषा अधिकारी

    अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो।

    नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी।

    उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ।’

    दसैंको मौकामा तपाईं पनि रक्सी पिउनुहुन्छ भने सिएनएनको ४१ औं स्थानमा परेको नेवाः ऐला चाख्ने कि?

    यस्तो रक्सी बनाउने परम्परागत तरिका के हो? यो जान्न हामीले काठमाडौं, नरदेवीकी स्थानीय सोभिता महर्जनसँग कुराकानी गर्यौं।

    उनका अनुसार ऐला बनाउनुअघि ‘जाँड’ कसरी बनाइन्छ भन्ने जान्न जरुरी छ।

    नेवार भाषामा ‘थ्वँ’ भनिने जाँड एक पाथीभन्दा कम चामलको बन्दैन। ताइचिन चामलको चिउराबाट पनि बनाउन सकिन्छ।

    सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ। त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ। अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ। पाक्न लागेपछि त्यसलाई निकाल्ने। यतिबेलासम्म भात आधा पाकेको हुन्छ। त्यसलाई चिसो पानीले भिजाउनुपर्छ।

    यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ। यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ।

    ‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ। अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ। अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ।’

    हामीले साधारण तरिकाबाट चामल पकाएर वा चिउराबाट पनि जाँड बनाएको देख्छौं। परम्परागत नेवार विधि यही हो।

    यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ। त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ। त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ।

    यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ। करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ। त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ।

    यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ। यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ।

    ‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ। त्यसैबाट रक्सी बनाइन्छ।’

    कःलाई सख्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्छ। सग्लो पानीजस्तो निस्कन्छ। बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुन्छ।

    ‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ। यो जति पुरानो भयो त्यति राम्रो मानिन्छ,’ सोभिताले भनिन्।

    नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ। जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ। चाडपर्वमा सगुनका रूपमा दिइन्छ। यसले वैज्ञानिक कारण बोकेको सोभिता बताउँछिन्।

    ‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं। यी प्रायः चिल्लो हुन्छ। जाँडरक्सीले चिल्लो काड्छ,’ उनले भनिन्, ‘जाडोमा शरीर न्यानो पनि बनाउँछ।’

    रक्सीमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाकारी हुने मान्यता छ। ‘थोरै खाएमा रक्सी औषधि हो, धेरै खाए हानी पुर्याउँछ,’ उनले भनिन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.