×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

२३ लाख यात्रुले राजधानी छाडे

  •  
  • सोमबार, असोज २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवबहादुर कुँवर

    काठमाडौँ, असोज २९ गते । दशै मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडे पनि राजधानीको मुख्य शहरमा भीड भने घटेको छैन । घटस्थापनादेखि घर फर्किने यात्रुको चाप बढ्न थालेको थियो । उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
    महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कात्तिक १ गतेपछि मात्र काठमाडौं उपत्यकामा ट्राफिको चाप घट्ने बताउनुभयो ।
    त्यस्तैं, उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुदै गएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले भित्रिने सवारी साधनहरुको संख्या दैनिक दुई हजारमा झरेको जानकारी दिनुभयो ।
    काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् । त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकु सहितको सुरक्षा चेकजाँचको ब्यवस्था गरिएको जानकारी प्रहरीले दिएको हो ।
    घटेन न्यूरोडको चाप
    काठमाडौं उपत्यकाको मुख्य ब्यापारीक केन्द्र न्यूरोड, खिचापोखरी, भोटाहिटी, वटु, महाबौद्ध, असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको चाप भने अझै घटेको छैन । दशैको सरसामान किनमेल गर्नेको बाक्लो भीडसँंगै यसक्षेत्रमा ट्राफिक जामका अतिरिक्त सर्वसाधारणको आवागमनमा समस्या देखिएको छ ।
    भाडा दरमा चर्को गुनासो
    यसैबीच, भाडादरका विषयमा धेरै गुनासो आएको प्रहरीले जनाएको छ । यातायात ब्यवसायीले बढी भाडा लिनुका साथै सिट ब्यवस्था नगरेको गुनासो गरेका छन् । महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले बढी भाडा लिने र सिट ब्यवस्थापन गर्न नसक्ने १८ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी दिनुभयो ।
    यात्रुको गुनासोपछि विभिन्न टिकटकाउण्टरको अनुगमन खटिएको प्रहरीले बढी भाडा अशुल्ने सफलता यातायात र काठमाडौंबाट कोटेश्वर हँुदै विराटनगर जाने विभिन्न बसलाई कारवाही गरेको उहाँले बताउनुभयो । सर्वसाधारणको गुनासो सुनुवाईका लागि १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

    gorkhaptara

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.