×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

  •  
  • शनिबार, असोज २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।
     
    विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेकाले विद्यार्थीको सङ्ख्या मात्र होइन गुणस्तर पनि बढेको छ । शैक्षिक गुणस्तरसँंगै नवीनतम प्रविधिको प्रयोगलाई पनि विद्यालयले सँगसँगै अघि बढाउँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिनुभयो ।
     
     
    दुबै माध्यमको पठनपाठनका साथै कम्प्युटर शिक्षा र प्रविधिको प्रयोगबाट विद्यार्थी र अभिभावक आकर्षित भएकाले विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार १३४ विद्यार्थी अध्ययन गरिरहेका छन् । अङ्ग्रेजी माध्यमको पठनपाठन अघि विसं २०७१ मा ३५० विद्यार्थी भएकामा त्यसयता भने विद्यार्थी सङ्ख्या वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० पुगेको थियो ।
     
    यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १२ विद्यार्थीले ‘ए’ प्लस ल्याउन सफल भएका थिए । त्यस्तै २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए ।विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता विद्यालयलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालले बताउनुभयो ।
     
    विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचका साथ त्यही किसिमको पूर्वाधार विकास गरिरहेको बताउँदै उहाँले विद्यालयका सबै शैक्षिक कार्यक्रम प्रविधिमा आधारित भई सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।अध्यक्ष ढकालका अनुसार प्रविधिमा आधारित शिक्षाका लागि कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका समान व्यवस्था गर्न रु १२ लाख आवश्यक हुन्छ भने अङ्ग्रेजी माध्यमका लागि रु १५ लाख ६० हजार र अन्य सिसिटिभी, नेटवर्किङ, डिभिआर लगायतका समान खरीदका लागि रु एक लाख ८२ हजार आवश्यक पर्छ ।
     
    “आवश्यक रकमका लागि पोखरा महानगरपालिकासँग प्रस्ताव गरिसकेका छौं,” ढकालले भन्नुभयो, “यी आधारभूत आवश्यकता पूरा भएसँगै हामी कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउन सक्छौं, योसँगै अध्यापनमा चक डस्टर तथा कागजकोे प्रयोग पनि हट्ने छ ।”
     
    विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन गर्ने सोचका साथ सिटिइभिटिबाट एसइई पछिको तीन वर्षे इञ्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने सोचका साथ प्रस्ताव पठाएको छ । त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि तथा बालिविज्ञान विषयको पठनपाठन गर्ने प्रस्ताव गरिएको छ ।
     
    प्राविधिक शिक्षाको अध्यापनका साथै विद्यालयलाई आवासीय बनाउँदै लैजाने, प्रविधिको अधिकतम प्रयोग गर्नेजस्ता सोच बनाइएको अध्यक्ष ढकालले बताउनुभयो । विद्यालयले विद्यार्थी हाजिर भए नभएको, गृहकार्य गरे नगरेको जस्ता कुरा अभिभावकले दैनिक थाहा पाउनसक्ने गरी यसै वर्षदेखि मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ ।
     
    सरस्टीका(कबचबकतष्पब) नामक उक्त एप्स सञ्चालनसँगै अरब लगायतका स्थानमा पुगेका विद्यार्थीका अभिभावकले आफ्ना बच्चा विद्यालय आए नआएको थाहा पाउनुका साथै विद्यालयका विभिन्न गतिविधिबारे जानकारी पाउने भएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाका अनुसार एप्सलाई विशेष गरी विदेशमा भएका अभिभावकले धेरै हेर्ने गरेका छन् । हालसम्म सात सय भन्दा बढी अभिभावकले एप्स डाउनलोड गरिसकेका छन् ।एप्समा प्रत्येक दिन विद्यार्थीलाई दिइएको गृहकार्य उल्लेख गरिने भएकोले अभिभावकलाई गृहकार्यका सम्बन्धमा अबदेखि बालबालिकाले झुक्याउन नसक्ने भएका छन् ।
    विद्यालयका सूचना अधिकारी नन्दलाल काफ्लेका अनुसार विद्यालयको जग्गाधनी प्रमाणपत्र(लालपूर्जा) भएको जग्गा २१ रोपनी छ भने विगतदेखि भोगचलन गर्दै आएको जग्गा २१९ रोपनी छ । उक्त जग्गा विद्यालयको नाममा दर्ताका लागि आवश्यक कागजातसहित मन्त्रालयमा यसअघि नै प्रस्ताव गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
     
    विद्यालयमा पोखरा महानगरपालिका–२९, ३०, पुलचोक, पट्नेरी, तिक्लाङ, चिर्गादी, चैनपुर, पानीटङ्की, तोरीचौर, सिस्ने, सिप्लेनीतरा, पुष्पबस्ती, कुसुण्डे, चिसापानी, ठूलोढुङ्गा, साविक पोखरा २३ को द्वार, पोखरा–१७ को दोबिल्लासम्मका विद्यार्थी अध्ययन गर्न आउछन् ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.