×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

  •  
  • शनिबार, असोज २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकृति अधिकारी/सरोज आचार्य

    काठमाडौँ, असोज २७ गते । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।
    नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ ।
    दाहालका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गर्नुहुने छ । केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।
    दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८÷६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।
    केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो ।
    काठमाडौँका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा आफूले लिएको दावी गर्दै आउनुभएको छ । उहाँका अनुसार तत्कालीन राजा वीरेन्द्रको टाउकोको आकार २२ इन्चको थियो । राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो । अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिन बाहेक छोरी प्रेरणाको बिबाहमा पहिरिनुभएको थियो ।
    राजप्रसाद सेवाका तत्कालीन सचिव शम्भुप्रसाद अधिकारीले राजसंस्था रहँदासम्म श्रीपेचलाई काठको बाकसमा राखी दरबारको ढुकुटीमा राख्ने चलन रहेको बताउनुभयो । २०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्नु भएपछि त्यसलाई सैलुन कक्षमा राखिएको थियो । हालसम्म पनि सैलुन कक्षमा नै छ । सो कक्षभित्र श्रीपेचलाई १३ वटा लाहाछाप लगाइ बन्द बाकसभित्र राखिएको छ भने कक्ष बाहिरको ढोकामा १० वटा लाहाछाप लगाइएको छ । त्यहाँ २४ घण्टा नै नेपाली सेनाको सुरक्षा रहँदै आएको छ । विगतमा राजपरिवारले कपाल काट्नका लागि सो कक्ष प्रयोग गर्ने गरेका थिए ।
    हुमाउ चराको प्वाँख (कल्की) कुहिन सक्ने भएको २०७१ साल चैत २० गते ‘ट्रिटमेन्ट’ गरिएको थियो । स्वर्गको चरा मानिने हुमाउ चरा विश्वबाट प्रायः लोप भइसकेको बताइन्छ । श्रीपेचमा सो चराको टाउकोसहित राख्ने गरिन्छ ।
    श्रीपेच व्यक्तिगत सम्पत्ति भए पनि नेपालका अन्तिम राजा ज्ञानेन्द्रले सो राष्ट्रका लागि छोडिदिनुभएको थियो । उहाँले दरबार छाड्दा सम्बोधनका क्रममा “परम्परागत रुपमा शाहवंशीय राजाहरुबाट प्रयोग भइ शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रुपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु” भन्नुभएको थियो ।
    इतिहासकारहरूका अनुसार हालको श्रीपेचको विकसितरुप तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरले नै बनाउन लगाउनुभएको थियो । राजा तथा युवराजका साथै राणा परिवारमा आआफ्नो श्रीपेच राख्न पाउने नियम भए पनि २०१२ सालबाट त्यो परम्परालाई हटाइयो । व्यक्तिगत भएकाले कसैले पनि श्रीपेच राज्यकोषमा बुझाएनन् ।
    विसं.२०६५ फागुन १६ गतेबाट नारायणहिटी दरबार सङग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको थियो । हालसम्म २९ लाख १४ हजार ७१७ जनाले सङग्रहालय अवलोकन गरिसकेका छन् । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनःनिर्माण गरिसकिएको छ ।

    Gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.