कैलासबावु श्रेष्ठ/गोरखा
असोज २७ गते । बडादसैँको टीकाको शुभ साइत सार्वजनिक गरीएको छ । साईत अनुसार आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा टीकाको साईत रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ ।
समितिका अनुसार असोज ३० गते फूलपातीका दिनमा विहान ९ बजेर २१ मिनेटमा तुलनाभवानी यात्रा र विहान १० बजेर २ मिनेटमा स्थिरासनको साइत रहेको छ । कात्तिक ६ गते अखिलबलिपूर्ति र बुधबार कोजाग्रत ब्रत रहेको जनाइएको छ ।
टीकाको साईत आयो
टीकाको साईत आयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















