कैलासबावु श्रेष्ठ/गोरखा
असोज २६ गते । नवरात्रको आज तेस्रो दिन माता दुर्गाको तेस्रो शक्ति चन्द्रघण्टा पुजा गरीन्छ । नवरात्रि पूजापर्वमा तेस्रो दिन यिनको स्वरूपको विशेष पूजाआजा गरिन्छ।
सुवर्णमय चन्द्रघण्टा देवीको स्वरूप परम शान्तिदायक एवं कल्याणकारी छ। यिनको दस हातमा खड्ग आदि शस्त्र तथा वाण आदि अस्त्र विभूषित छन्। उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर जानिन्छ।
यिनको शरीरको र स्वर्णको समान चम्किलो देखिन्छ। शास्त्रानुसार हातको घण्टाको आवाजले राक्षसहरू डराउने भएकाले यिनको नाम चन्द्रघण्टा राखिएको हो। यी दुर्गाको वाहन सिंह हो।
यसैले यिनका उपासक पनि सिंहजस्तै पराक्रमी हुन्छन्। यिनको मुद्रा युद्धको लागि तत्पर भइरहेको जस्तो देन्छि यिनको ध्यान, आराधना र उपासना गर्नाले भूत, प्रेत, बाधा आदिबाट रक्षा गर्छ र भक्तको सारा पाप एवं बाधा नष्ट भएर जान्छ।
रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ। यी देवीको उपासना गर्दा परलोकका लागि कल्याण र सद्गति प्राप्त हुन्छ।
आजै देशै भरीको विभिन्न शक्ति पिठमा यिनै देवीको पुजा गरी देवीको नाममा वली दिने प्रचलन छ ।
आज चन्द्रघण्टाको पुजा
आज चन्द्रघण्टाको पुजा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


