कैलासबावु श्रेष्ठ/गोरखा
असोज २५ गते । हिन्दु नेपालीहरुको महान चाढ वडा दसैंको दोस्रो दिन आज देवी ब्रह्मचारिणीको बिशेष आजा गरीने गरिन्छ । यो माता दुर्गाको दोस्रो स्वरूप मानिन्छ। ब्रहृम शब्दको अर्थ तपस्या हो। यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो।
देवीको स्वरूप पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ। देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ भन्ने जन विश्वास रहदै आएको छ।
पूर्वजन्ममा जब देवी हिमालयको घरमा छोरीको रूपमा जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा पाउनको लागि कठिन तपस्या गरेकी थिइन्। यस्तो कठिन तपस्याको कारण यिनलाई तपश्चारिणी अर्थात् ब्रहृमचारिणी नामले जानिन्छ।
हजार वर्षसम्म यिनले पानी पनि नखाइकन तपस्या गरेकी थिइन् भन्ने धर्म शास्त्रमा लेख भेटाउन सकिन्छ। उनको कठिन तपस्या देखेपछि पितामह ब्रहृमाले आकाशवाणीद्वारा भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन्ु भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी दिएका थिए।
दसैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरीदै
दसैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरीदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


