×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पप्पु कन्स्ट्रक्सनको लापरबाही सांसद रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  •  
  • शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारद गौतम

    काठमाडौँ,  असोज २० गते । पप्पु कन्स्ट्रक्सनले दुईवटा पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा सो कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आयोगले १२ जनाविरुद्ध कुल ९० करोड आठ लाख ९२ हजार ५१२ रुपियाँ बिगोसहित आरोपपत्र दायर गरेको हो । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप आयोगको छ ।
    पप्पु कन्स्ट्रक्सनले गरेको निर्माण कार्यका विषयमा सङ्घीय संसद्देखि जनस्तरसम्म बहस र चर्चा भएको थियो । त्यति मात्र होइन, आमसञ्चार माध्यमले पनि यस विषयलाई निरन्तर समाचार सम्प्रेषण गरेपछि अख्तियारले आफ्नो अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरेको हो ।
    पुल निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोमा आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारलाई पनि विपक्षी बनाएको छ । उहाँहरू दुवैसँग जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ बराबर बिगो दाबी गरिएको छ । तत्कालीन अध्यक्ष हरिनारायण सङ्घीय समाजवादी फोरमका पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
    यसैगरी, एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवसँग एक लाख ४१ हजार २५० रुपियाँ मागदाबी गरिएको छ । कुल १२ जनामध्ये अन्य नौजना नेपाल सरकारका कर्मचारी हुनुहुन्छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार मुद्दा दर्ता भएसँगै राष्ट्रसेवक कर्मचारी स्वतः निलम्बनमा पर्नेछन् ।
    भ्रष्टाचार अभियोग लागेका कर्मचारीहरूमा सडक डिभिजन कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुखत्रय क्रमशः भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार यादव हुनुहुन्छ । सोही कार्यालयका निमित्त डिभिजन प्रमुख इन्जिनियर नवराज केसी, इन्जिनियरहरू प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दिपेन्द्रबहादुर विष्ट र सव इन्जिनियरद्वय कार्मा तेन्जिन तामाङ तथा गोविन्द गैरे हुनुहुन्छ ।
    सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीले सुरुदेखि नै आर्थिक प्रलोभनमा परी डिजाइन अनुसारको कार्य नभए पनि भुक्तानीका लागि सिफारिस गरेको पाइएको छ । अख्तियारका अनुसार, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको थियो । डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन, पोखरिया–७ बीच पुल निर्माणका लागि २०६८ साल असार २२ गते सम्झौता भएको थियो ।
    अख्तियारले दायर गरेको ओरापपत्रमा ‘‘बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरूबाट ‘लाइन लेभल तथा पिअर हाइट’को सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रूपमा कार्य गरेको’’ उल्लेख छ । लाइन लेभल तथा पिअर हाइट’ पुल निर्माणको प्राविधिक पक्षसित सम्बन्धित छ ।
    त्यस्तै, फिल्डको नापजाँच हचुवाको भरमा गरेको, निर्माणका लागि राखिएका पूर्व शर्तहरूको पालना नभएको, निर्माण सामग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको आरोप आयोगले लगाएको छ ।
    आयोगका सहायक प्रवक्ता मदन कोइरालाले पुल निर्माण भएपछि भार थाम्न नसकेर पुल भासिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि हुन आएको जानकारी दिनुभयो ।
    निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरूबाट गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको आयोगको निष्कर्ष छ । सो कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टि भएको दाबी पनि आयोगले गरेको छ ।

    आरोपित व्यक्ति, संस्था र दाबी गरिएको बिगो रकम
    • कृष्णदेव यादव, एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट एक लाख ४१ हजार २५० रुपियाँ ।
    • भानु जोशी, तत्कालीन प्रमुख सडक डिभिजन कार्यालय नेपालगन्ज, एक करोड ९७ लाख १३ हजार ४३७ रुपियाँ ।
    • मनोज श्रेष्ठ, तत्कालीन प्रमुख, सडक डिभिजन कार्यालय नेपालगन्ज, नौ करोड २४ लाख २४ हजार ९९ रुपियाँ १९ पैसा ।
    • राजेशकुमार यादव, तत्कालीन प्रमुख, सडक डिभिजन कार्यालय नेपालगन्ज, तीन करोड ८८ लाख ७२ हजार १७६ रुपियाँ २१ पैसा ।
    • इन्जिनियर नवराज केसी., निमित्त डिभिजन प्रमुख, सडक डिभिजन कार्यालय नेपालगन्ज, ६ करोड ९२ लाख ४६ हजार ९२१ रुपियाँ ६५ पैसा ।
    • इन्जिनियर प्रेमप्रसाद चुवाई, डिभिजन सडक कार्यालय नेपालगन्ज, तीन करोड १९ लाख ३८ हजार ५७९ रुपियाँ ९६ पैसा ।
    • इन्जिनियर हरिबहादुर खड्का, डिभिजन सडक कार्यालय नेपालगन्ज, सात करोड ५४ लाख ४८ हजार ६१ रुपियाँ १५ पैसा ।
    • इन्जिनियर दीपेन्द्रबहादुर विष्ट, डिभिजन सडक कार्यालय नेपालगन्ज, एक करोड ६१ लाख ८३ हजार ४४५ रुपियाँ ५२ पैसा ।
    • सवइन्जिनियर कार्मा तेन्जिन तामाङ, डिभिजन सडक कार्यालय नेपालगन्ज, १५ करोड आठ लाख ८४ हजार ७१३ रुपियाँ ४० पैसा ।
    • सवइन्जिनियर गोविन्द गैरे, डिभिजन सडक कार्यालय नेपालगन्ज, एक करोड ९५ लाख ८८ हजार ४३७ रुपियाँ ४० पैसा ।
    • पप्पु कन्ट्रक्सन प्रालिका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ
    • पप्पु कन्ट्रक्सन प्रालिका अध्यक्ष सुमित रौनियार १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.