×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बलात्कारविरोधी अभियानकर्तालाई नोबेल शान्ति पुरस्कार

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नाडिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

    नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डरसनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

    मुराद यजिदी महिला हुन् र उनी इस्लामिक स्टेटका लडाकुहरूबाट बलात्कृत भएकी थिइन् र उनीहरूले दिएको यातना भोगेकी थिइन्।

    मक्वेग कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन्। उनी हजारौं बलात्कृत महिलाहरूको उपचारमा संलग्न छन्।

    यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति र संस्था गरेर कुल ३३१ वटा नाम सिफारिस भएका थिए।

    सन् २०१६ मा सर्वाधिक ३७६ नाम मनोनयनमा परेका थिए।

    कङ्गोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्कङ्गोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्

    विजेताहरूको नाम शुक्रवार ओस्लोमा घोषणा गरिएको हो।

    यौन हिंसालाई युद्धमा हतियारका रूपमा प्रयोग हुन नदिने प्रयासका लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको राइस-आन्डरसनले बताइन्।

    को हुन् मुराद र मक्वेग?

    सन् २०१४ नोभेम्बरसम्म इराकको मोसुल सहरमा मुराद इस्लामिक स्टेटकी बन्धक थिइन्।

    तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्।

    उनीलगायत झन्डै तीन हजार यजिदी महिलाहरूलाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो। उनीहरूले बलात्कार र अन्य दुर्व्यवहार खेप्नु पर्‍यो।

    ती दुर्व्यवहार सङ्गठित रूपमै सैन्य रणनीतिअन्तर्गत भएका नोबेल कमिटीकोले जनाएको छ।

    उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो।

    मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावनादूत बनिन्।

    आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन्।

    له ټویټر تېر شئ د @NobelPrize شمېره په مټ

    The Nobel Prize

    ✔@NobelPrize

    Watch the moment the 2018 Nobel Peace Prize is announced.

    Presented by Berit Reiss-Andersen, Chair of the Norwegian Nobel Committee.

    2:59 PM – Oct 5, 2018
    • 583

    • 393 people are talking about this

    Twitter Ads info and privacy

    د ټویټر تبصرې پای د @NobelPrize شمېره په مټ

    युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ।

    उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गरेका छन्। युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले कङ्गोको सरकार र अन्य देशको आलोचना गर्दै आएको नोबेल समितिले जनाएको हो।

    अरू विधाका विजेता

    लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।

    क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।

    शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकले संयुक्त रूपमा सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।

    अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोको अनुसन्धानले छालाको डरलाग्दो क्यान्सरको उपचारमा सम्भावनाको नयाँ बाटो खोलिदिएको थियो।

    त्यसैगरी एन्जाइमबारे गरिएका अनुसन्धानका लागि एक महिलासहित तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार प्रदान गरिएको छ।

    नोबेल

    अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड, जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरले संयुक्त रूपमा सो पुरस्कार पाएका हुन्। उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिनहरू बनाएका थिए। त्यसरी बनाइएका प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन र विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।

    कुन विधामा बाँकी

    अब आगामी सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।

    तर एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन।

    अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.