×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

क्रिस्टियानो रोनाल्डो: बलात्कार आरोपबारे के भन्छन् उनका प्रायोजक

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्।

    खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ।

    अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ।

    समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकिले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको छ।

    रोनाल्डोका अर्का प्रायोजक इए स्पोर्ट्सले पनि उस्तै टिप्पणी गरेको छ।

    के भन्छन् रोनाल्डो?

    ३३ वर्षीय रोनाल्डोले भने ती आरोपहरूको खण्डन गर्दै आफूले केही गलत नगरेको भनेका छन्।

    रोनाल्डो खेल्ने इटालियन क्लब युभेन्टसले भने उनको बचाउ गरेको छ।

    गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए।

    एक ट्वीट गर्दै युभेन्टसले भनेको छ, “पछिल्ला महिनाहरूमा क्रिस्टियानो रोनाल्डोले ठूलो व्यावसायिकता तथा प्रतिबद्धता प्रदर्शन गरेका छन् जसको सबैले सराहना गरेका छन्।”

    रोनाल्डोविरुद्ध कस्तो आरोप छ?

    सन् २००९ मा लस भेगासमा भएको एउटा घटनामा क्याथरिन मायोर्गामाथि यौन आक्रमण गरेको आरोप रोनाल्डोलाई लागेको छ।

    महिला हिंसाविरुद्ध विश्वव्यापी रूपमा महिलाहरूले आफूमाथि भएका घटनाको विवरण सार्वजनिक गर्ने गरि हाल चलिरहेको ‘मि टु’ अभियानबाट प्रेरित भएर

    ३४ वर्षीया अमेरिकी शिक्षिका मायोर्गाले पनि सो घटनाबारे मुख खोलेको उनकी वकिलले बताएका छन्।

    जर्मन पत्रिका डेर स्पिगलका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगासको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्।

    तर अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइयो जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगरिने शर्त राखियो।

    तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्।

    आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एण्ड क्यासिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्।

    झण्डै एक दशक अगाडिको सो घटनापछि मायोर्गा गम्भीर डिप्रसनको शिकार भएको र उनमा आत्महत्या गर्ने सोच समेत पलाएको उनका वकिलले बताए।

    लस भेगासको प्रहरीले सन् २००९ को जुनमा आफूले एक उजुरीको छानबिन गरेको पुष्टि गरेको छ। तर सो छानबिनका क्रममा उनीहरूले कसैमाथि शंका नगरेको बताइएको छ।

    “त्यतिखेर एक उजुरी परेको थियो तर पीडितद्वारा अनुसन्धानकर्ताहरूलाई घटनास्थल वा आरोपित बारे केही बताइएको थिएन,” प्रहरी विज्ञप्तीमा उल्लेख छ।

    हाल उक्त आरोपको पुन: छानबिन सुरु गरिएको उसले बताएको छ।

    यसअघि रोनाल्डोका वकिलहरूले सो समाचारलाई लिएर डेर स्पिगलविरुद्ध मुद्दा हाल्ने बताएका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.