Tweet
३ असोज , पछिल्लो समय अपराध अनुसन्धान र न्याय निरुपणमा डीएनए परीक्षणले महत्व पाउन थालेको छ । नेपालमा सन् २००५ बाट भित्रिएको डीएनए परीक्षण प्रविधि हाल विकसित देशको जत्तिकै अत्याधुनिक छ । हत्या, बलात्कारका घटनामा दोषी किटान र बंश पहिचान तथा विदेशमा सन्तान लैजान समेत डीएनए परीक्षण भइरहेको छ ।
डीएनए अर्थात डीअक्सीराइबो न्यूक्लिक एसिड, जुन हरेक सजिब बस्तुको शरीरको कोषीकामा हुन्छ । प्रत्येक मानिसमा २३ जोडा अर्थात् ४६ वटा क्रोमोजन हुन्छन् । शरीरको संरचना, अंग–प्रत्यंग आँखा, छाला, कपाल आदिको रंग, आकार र तौलको निर्धारण पनि क्रोमोजमले नै गर्छ । बाबु, आमाबाट छोराछोरीमा पनि डीएनएकै माध्यमबाट गुणहरू सर्छन् । डीएनए प्रत्येक व्यक्तिको फरक हुन्छ । र, औठाछाप जस्तै कसैसँग मिल्दैन ।
सुरुवातमा अदालती न्याय निरुपणका लागि आवश्यक भएपछि नेपालमा यो प्रबिधि भित्र्याइएको हो । तर, अहिले अपराध अनुसन्धानमा निकै सहयोगी भइरहेको छ । पछिल्लो समय बलात्कार घटनाका दोषी पहिचान गर्न यसको बढी प्रयोग भइरहेको छ । तर, नमुना संकलनमा ध्यान नदिइँदा आशातित सफलता भने प्राप्त नभएको बिज्ञको भनाइ छ । बालत्कारका घटनामा पीडित महिलाको ७२ घण्टा भित्र भेजाइनल श्वायाब लिएर पिजरभेट गर्न सकिन्छ ।
संकास्पद पुरुषको रगत निकालेर रगतको माध्यमबाट पाँच दिनमा डिएनए रिर्पोट निस्किन्छ । बलात्कार घटनामा भेजाईनाल श्याब भनेको अपराधीको औठाछाप जस्तै हो । त्यसैले यसलाई सुरक्षित राखेर अपराधीसम्म पुग्न सकिन्छ । तर संकलित नमुनालाई सुरक्षित नराख्दा कन्ट्रयामिनेसन अर्थात् नमुनामा ढुसी पर्न सक्छ । जसबाट अनसन्धान प्रभावित हुनसक्छ ।
नेपालमा डीएनए परीक्षण प्रबिधि विकसित देशहरुको जत्तिकै अत्याधुनिक छ । बर्षौ पुरानो अश्थिपञ्जर पगालेरसमेत डीएनए परीक्षण गर्ने प्रबिधि नेपालमा छ । तर कतिपय गर्नैपर्ने अनुसन्धानमा पनि यसको प्रयोग भएको छैन । जसकारण प्रहरी अनुसन्धान प्रभावकारी हुन सकेको छैन ।


