गोरखा समाचारदाता
असोज १८ गते । तत्काल सवारी भाडा बढाउन नपर्ने यातायात व्यवस्थापन समितिले निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बठैकले सरकारले १० प्रतिशत भाडा बढाएको अबस्थामा जिल्ला थप भाडावृद्धि गर्नुपर्ने कुनै अबस्था नरहेको निष्कर्ष निकालेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । ‘सरकारले भर्खरै सार्वजानिक यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय गरिसकेको छ’ उनले भने ‘जिल्लामा फेरी थप निर्णय आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेयौं ।’
केही समय अघि सडकको अबवस्था, हाल लिएको भाडादर, अस्थायी रुटको प्रकृति, यातायात साधनको उपलब्धता, यात्रुको चाप लगायतका विशेषमा अध्ययन गरी प्रतिवेदन बुझाउन जिल्ला जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत गौतम भण्डारीको अध्यक्षतामा एक समिति निर्माण गरिएको थियो । यातायात व्यवस्थापन समितिले उक्त प्रतिवदेनलाई आधार बनाएर हाल भाडदर वृद्धि गर्नु नपर्ने निर्णय गरेको हो । सुरक्षा निकायका प्रमुख, स्थानीय राजनितिकदका प्रमुख एवं प्रतिनिधि, यातायात व्यवसायी समितिका प्रतिनिधि सहभागी बैठकले ३ वटा निर्णय गरेको छ । जिल्लाका ग्रामिण सडकहरु कतिपय स्तरउन्नती भइसकेकाले साबिकको भाडा घटाउन पर्ने, केही पहिले राम्रा भनिएका सडक अहिले जिर्ण भएकाले भाडादर बढाउन पर्ने अबस्था आएको भन्दै दशै लगतै ग्रामिण सडकको अबस्था बारे अध्ययन गर्न कार्यदल बनाउने र त्यसको प्रतिवदेनका आधारमा भाडा समायोजक गर्ने निर्णय गरिएको छ । ‘कतिपय पहिले ग्राभेल भएका सडक अहिले काम नलाग्ने भएका छन त्यहाँ भाडा बढाउन पनि पर्न सक्छ’ प्रजिअ भट्टराईले भने ‘पहिले राम्रो नभएका केही सडक अहिले ग्राभेल भइसकेका छन त्यहाँ भाडा घटाउन पर्ने अबस्था पनि छ ।’ बैठकले मनपरी भाडा असुल्नेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । सरकारले निर्धारण गरे अनुरुप व्यवसायीले भाडा लिए नलिएको अनुगमन गरी बढि लिएको भेटिए कानून अनुसार कारवाही गर्ने प्रजिअ भट्टराईले बताए । ‘सबै सवारी साधनमा यात्रुले देख्ने गरी भाडा लिस्ट राख्न भनेका छौ’ उनले भने ‘कसैले बढि भाडा लिए यात्रुले हामीलाई खबर गर्न सक्नुहुनेछ हामी कारवाही गछौं ।’
लामो समय यता गोरखाको सवारी भाडादर समायोजन नभएको, मनपरी भाडा असुली गर्ने गरिएको, ट्याक्सी व्यवसायीको मनोमानी बढेको लगायतका गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको यातायात व्यवस्थापन समितिले पहल थालेको हो ।
थप भाडादर बढाउनु नपर्ने निर्णय यस्तो
थप भाडादर बढाउनु नपर्ने निर्णय यस्तो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















