निकै उस्साहका समाथ साता ब्यापी चीनको हाइनान प्रान्तको भ्रमणमा निस्कीएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङ निराश भएर फर्किएका छन्।
करिब एकदर्जन परियोजनाहरुको सहयोगको अपेक्षा सहित भ्रमणमा निस्कीएका उनी एकसाता भ्रमण पछि पोखराा फर्किदा मुलुक वा प्रदेशको समृद्धी कसैको सहयोगले नबन्ने आफ्नै स्रोतको परिचालन बाटमात्र बिकास र समृद्धी हुने आशा लिएर फर्किएका छन्।
सात दिने चीन भ्रमणमा गएका मुख्य मन्त्री गुरुङले आफ्नो प्रदेशमा लगानीको सम्भावना खोज्न हाइनान प्रान्तको सरकारलाई निम्तो दिएर नेपाल फर्केको पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा वताए ।
विमानस्थलमा पत्रकार संगको कुराकानीमा गुरुङले चीन भ्रमणको क्रममा आफुले आर्थिक सहयोग नल्याएको वताए । गुरुङले आफुले गण्डकी प्रदेहको बारेमा हाइनानको गभर्नरलाई जानकारी गराएको र हाइनानको गभर्नर कृषि, उर्जा, पर्यटन र औषधी उद्योगको क्षेत्रमा लगानी गर्न चीनिया इच्छुक रहेको वताए ।
आगामी नोभेन्बरको १० र ११ तारिखमा हाइनानका गभर्नरको टोली पोखरा आउने वताउदै गुरुङले त्यस बखतमा गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको वताए ।
यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति समेत भ्रमणको वेलामा भएको गुरुङले वताए ।




















