पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन्। उनको कलालाई दर्शकले राम्रो मुल्यांकन गरे साथै पछिलो समयमा उनलाई भ्याई न भ्याई भएको छ।
उनी काउली बुढी अर्थात् सन्ध्या बुढा र मोहन खड्काको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्श गीत ‘घुम्दै आयो दशैं तिहार’ स्वाभिमान क्रियशनले बजारमा ल्याएको छ, अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन्।
राजु महोत्रा, मीरा महोत्रा र मिन खत्रीको समेत अभिनय रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ। मोहन खड्काकै लय रहेको गीत भर्खरै मात्रै बजारमा सार्बजनिक भएको छ । परदेशीहरुको कथामा आधारित बनेको यो गीतले पर्सेशामा रहने हरुको बास्तबिकता झल्काएको छ।




















