×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हचुवामा काष्ठमण्डपको नक्सा

  •  
  • बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ध्यान नपुगेको अमूर्त संस्कृति

    दामोदर न्यौपाने

    वैशाख २६, २०७५ काठमाडौँ — काष्ठमण्डमा माघे संक्रान्तिको दिन एउटा विशेष जात्रा लाग्छ । सा: गुठीले आयोजना गर्ने उक्त जात्राको काठमाडौंको उत्तरतिर छानोमा ध्वजा फहराउनुपर्छ ।

    त्यो ध्वजा फहराउन काष्ठमण्डपको तेस्रो तलाबाट माथि छिर्ने प्वाल हुन्छ । भर्‍याङ लगाएर त्यहाँ जानुपर्छ । पुरातत्त्व विभागले बनाएको नक्सामा छानामा जाने यो प्वालै छैन । ‘यो नक्सा हेर्दा काष्ठमण्डपको अमूर्त संस्कृतिमा ध्यान दिइएको छैन भन्ने प्रस्ट हुन्छ,’ सम्पदा अभियन्ता तथा काष्ठमण्डप पुनर्निर्माण अभियानका सदस्य आलकसिद्धि तुलाधर भन्छन् ।

    ‘पुरातत्त्व विभागले महानगरलाई उपलब्ध गराएको नक्सा हचुवामा बनाएको पुष्टि हुन्छ,’ उनले भने । काष्ठमण्डपमा सा: गुठी र त:चट गरेर दुई गुठी छन् । सा: गुठीको उद्देश्य गाईलाई खाने कुरा दान दिनु हो । यो गुठीले हरेक वर्ष एउटा गाईलाई वर्षदिनभरि पुग्ने खानेकुरा दान दिन्छ । खानेकुरा दान दिन पहिला कीर्तिपुरबाट गाई ल्याउने चलन थियो । ‘गाई ल्याउँथे,’ तुलाधर भन्छन्, ‘अनि त्यसलाई पुग्ने खानेकुरा लिएर गाईसहित फिर्ता जान्थे । यो चलन अचेल हराएको छ ।’

    गुठियारले यतै कतै भेटिएका गाईलाई खुवाउँछन् अचेल । ‘काष्ठमण्डपसँग जोडिएको यो अनुपम संस्कृति हो,’ उनी भन्छन्, ‘यो संस्कृतिलाई वास्तै नगरी हचुवामा नक्सा बनाइएको छ,’ उनले थपे । माघे संक्रान्तिको दिनमा यस्तो दान दिइन्छ । गाईलाई दान दिनुबाहेक यही दिन यहाँ होम पनि गरिन्छ । होम गर्ने व्यवस्था पनि सा: गुठीले नै गर्छ । काष्ठमण्डपसँगैको मरु दबुमा होम हालिन्छ । सरकारी पुरोहित ल्याएर होम हाल्ने कामको खर्चको व्यवस्थापन यही गुठीले गर्छ । यो गुठी व्यवस्थापन महर्जन समुदायले गर्छ ।

    यहाँ २ किसिमका पुजारीले पूजा गर्छन् । एकथरी पूजा सरकारी पुजारीले गर्छन्, अर्काथरी पूजा राजोपाध्यायहरूले गर्छन् । यो पूजाको मुख्य उद्देश्य काष्ठमण्डपको गजुरमा ध्वजा चढाउनु हो । ध्वजा चढाउने कार्यक्रमको व्यवस्थापन पहिला मानन्धर समुदायले गर्थे । ध्वजा चढाउन मानन्धर समुदाय नगएपछि यो काम पनि महर्जन समुदायले नै गर्छन् । गुठीको आयस्रोत छैन । भोज खुवाउनुपर्छ । आफैं पैसा उठाएर गुठी धानिएको छ ।

    त:चटँ गुठीको कामचाहिं पञ्चदानको बेलामा दान माग्दै आउने भिक्षुलाई खीर खुवाउनु हो । नेपाल भाषामा त: भनेको ठूलो र चटँ भनेको पन्यू हो । काष्ठमण्डपसँगै पश्चिमतिरको पिगँननी (नेपाल भाषामा पिगँ भनेको शक्तिपीठ र ननी भनेको चोक हुन्छ) को योगम्बर देवीको पीठ छेउको चोकमा पञ्चदानमा ठूलो भाँडोमा खीर बनाउने गरिन्छ । पञ्चदानको अघिल्लो दिनदेखि नै खुवाउने तयारी गरिन्छ । काष्ठमण्डपमा पूजाआजासहित खुवाउने चलन छ ।


    यो व्यवस्थापन गर्ने त:चटँ गुठी ताम्राकार परिवारले गर्दै आएका छन् । यो गुठी काष्ठमण्डपको स्थापना भएदेखि नै चालू रहेको तुलाधर बताउँछन् । आयस्रोत नहुँदा पनि आफ्नो काम छाडेका छैनन्,’ तुलाधर भन्छन्, ‘यति आत्मीय नाता भएको सम्पदा पुनर्निर्माणमा यो समुदायको ठूलो चासो छ ।’ काष्ठमण्डप बज्रयानी दर्शनमा बनेकाले यहाँका बज्राचार्यहरूको पनि विशेष चासो छ । केही छैन (मरु) दर्शनमा बनेको काष्ठमण्डपमा अहिले केही पनि छैन ।

    वरपरका अरू मन्दिर, देवल, सत्तल, दरबार भुइँचालो क्षति गराए पनि कम्तीमा ढडिएका छन् । काष्ठमण्डपको भने केही अस्तित्व छैन । पूरै पातालमा परिणत भएको छ । सम्पदा संरक्षणको जिम्मेवारी पाएको पुरातत्त्व विभागले काष्ठमण्डपको नापनक्सासमेत राखेको रहेनछ । एकजना जर्मन यात्रीले सन् १९७६ मा जर्मनीको आर्किटेक्ट उल्फज्ञान कर्नले लिएको नामको आधारमा पुरातत्त्वले डिजाइन गरेको थियो । ‘धन्न जर्मन नागरिकले आएर नापिदिएछन्,’ तुलाधर भन्छन्, ‘नत्र काष्ठमण्डपको नापै नहुने रहेछ । कस्तो लाजमर्दाे ।’

    उल्फज्ञानले भुइँचालो आएपछि यहीं आएर काष्ठमण्डपको नाप दिएका थिए । उनले हनुमानढोका दरबारमा ‘प्रेजन्टेसन’ नै दिएका थिए । यो सत्तल बज्रयानी दर्शनअनुसार बनेको हो । यो दर्शनअनुसार यसको लम्बाइ ३६ हात छ । चौडाइ पनि ३६ हात छ । उचाइ पनि ३६ हात नै छ । बज्रयानी दर्शनमा ३६ अंकको अर्थ छ । ३६ को अर्थ हरके देवनागरी लिपिको पहिलो अक्षरको आधारमा राखिएको हो । बज्रयानी दर्शनमा क देखि ज्ञ सम्मको बेग्लाबेग्लै अर्थ भएको तुलाधर बताउँछन् ।

    यही बज्रयानी दर्शनअनुसारको नाप बेलायती नागरिक उल्फज्ञानको नापसँग मिलेको छ । १ हातको ३ गुना २८ एमएम हुन्छ । त्यसलाई ३६ ले गुणन गर्दा नाप मिलेको तुलाधर बताउँछन् । ‘काष्ठमण्डपमा गणित पनि मिल्यो । धार्मिक सिद्धान्त पनि मिलेको छ,’ उनी भन्छन्, ‘यो गणितको सिद्धान्त मिल्नुपर्छ । धार्मिक सिद्धान्त पनि मिल्नुपर्छ अब बन्ने काष्ठमण्डपमा ।’ उनको नापअनुसार पुरातत्त्व विभागले यसको नक्सा दुई पटक बनाइसकेको छ ।

    ‘यसको कुनै नापसमेत पुरातत्त्व विभागले लिएको रहेनछ,’ तुलाधर भन्छन्, । काष्ठमण्डप पुनर्निर्माणमा लामो समयदेखि विवादले गर्दा यसले गति लिएन । गत साता काष्ठमण्डप पुनर्निर्माण गर्न प्रदेश नं ३ का सांसद राजेश शाक्यको संयोजकत्वमा अर्काे समिती बनेको छ । यस अघि पनि काष्ठमण्डप पुननिर्माणका लागि अभियान नामम अर्काे संस्था बनेको थियो ।

    अभियानलाई काष्ठमण्डप पुननिर्माणको जिम्मा समेत दिइएको थियो ।

    काठमाडौं महानगरपालिका, पुरात्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच चार पक्षीय सम्झौता गरेर पुनर्निर्माणको जिम्मा समुदायलाई दिइएको थियो । महानगरमा विद्यासुन्दर शाक्य मेयर निर्वाचित भएपछि समुदायलाई काम गर्न दिइएको थियो । फेरि यसको निर्माण गर्न राजेश शाक्यको संयोजकत्वमा समिति बनेको हो । समितिले पदको बाँडफाँडसमेत विभाजन गरेको छ । ‘हामी समुदायको स्वामित्व महसुस गर्नेगरी सबैलाई समेटेर काम अघि बढाउँछौं,’ शाक्य भन्छन् ।

    भुइँचालो गएयता दैनिक पूजा रोकिएको छ । नारायण, गोरखनाथ, गणेशको पूजा हुन्थ्यो यहाँ । काष्ठमण्डपको चार कुनामा गणेश मूर्ति थिए । भुइँचालो आएपछि काष्ठमण्डप पाताल बन्यो । त्यहाँ रहेका मूर्ति पुरिए । ‘ती सब कहाँ छन् थाहा छैन,’ स्थानीयवासी अमृतमान बज्राचार्य भन्छन््, ‘मूर्ति नै नभएपछि कहाँ पूजा गर्नुु ?’ बेलाबेला सत्यनारायणको कथा वाचन हुन्थ्यो । त्यो पनि रोकियो । स्वस्थानी ब्रतकथा सुनाइन्थ्यो । तिहारमा भाइटीका लगाउनेको त घुइँचो नै लाग्थ्यो ।

    ‘बेलाबेला सामाजिक कार्यक्रम भइरहन्थ्यो,’ बज्राचार्य भन्छन्, ‘काष्ठमण्डप ढलेपछि रौनकै हरायो ।’ एउटै रूखको काठबाट बनेको यो सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । नेपाल भाषा एकेडेमीका प्राज्ञ यज्ञमानपति बज्राचार्यका अनुसार राम्रो जति काठको काष्ठमण्डप बनाइयो । नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेपाल भाषामा ‘सिखों’ भन्छन् । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ ।

    त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’ बज्राचार्य भन्छन् । वसन्तपुर क्षेत्रको मात्रै नभई उपत्यकाकै पुरानो सम्पदा हो काष्ठमण्डप । । तीनतले यो सत्तल १२ औं शताब्दीमा बनाएको मानिएको थियो । तर भुइँचालोपछि यसको उत्खनन् गर्दा ७ औ शताब्दीमा बनेको पुष्टि भएको थियो । नेपाल संवत् सुरु हुनुभन्दा १३९ वर्ष पहिला बनेको हो । अहिले नेपाल संवत् ११३६ हो ।

    नेपाल संवत विक्रम संवत्भन्दा ९३७ वर्षपछि सुरु भएको हो । बज्राचार्यका अनुसार यति बेला यो ठाउँमा बस्ती बसेकै थिएन । पुरानो बस्ती साँखु हो । साँखुबाट कोही पनौती गए । कोही बनेपा गए । कोही भक्तपुर आए । कोही काठमाडौंको विशालनगर आए । विशालनगरमा आगलागी भएपछि अहिलेको वसन्तपुर क्षेत्रतिर बस्ती बढेको बज्राचार्य बताउँछन् । ‘त्यति बेलाको अग्लो घर यही थियो’, बज्राचार्य भन्छन्, ‘उपत्यकाको चारैवटा भञ्ज्याङबाट देखिन्थ्यो काष्ठमण्डप ।’

    बज्राचार्यका अनुसार त्यतिबेला नेपाली कागजको विकास भइसकेको थियो । त्यस्तो कागजमा डायरी लेख्ने चलन रहेछ ।

    ‘त्यति बेला डायरी लेख्ने चलन रहेछ,’ बज्राचार्य भन्छन्, ‘डायरीमा म फलानो ठाउँमा बस्ने, फलानो काम गरें भनेर लेख्दा रहेछन् । त्यही डायरीको आधारमा काष्ठमण्डपको इतिहास पत्ता लागेको हो ।’

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.