×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नयाँ नोट–दशैं संस्कृतिको अभिन्न अंग

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • नोट जतन गर्ने संस्कार अभावमा चाँडै झुत्रा हुने समस्या
    विजयराज खनाल

    ५ असोज, काठमाडौं । दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यता । संस्कृति नै बनेको छ यो, नेपाली समाजमा । यही संस्कृतिमा जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि ।

    नेपाल राष्ट्र बैंकले यही संस्कृतिलाई ‘क्यास’ गर्दै हरेक दशैंमा नयाँ नोटहरु बजारमा ल्याउँछ । कागजी नोट प्रचलनमा ल्याउने सुरुवात नै दशैंकै बेलादेखि गरिएको थियो । असोज २००२ मा नेपालमा कागजी नोटको पहिलो प्रकाशन गरिएको हो ।

    नेपाल फिलाटेलिक सोसाइटीका महासचिव शक्तिकेशरी उपाध्यायका अनुसार राजा त्रिभुवनको पालामा नेपाली नोट छापिन थालेका हुन् । पहिलो पटक पाँच, १० र एक सय रुपैयाँका नोट चलनचल्तिमा ल्याइएको थियो ।

    त्यसअघि भारतीय मुद्रा नै प्रचलनमा थिए, नेपालमा । र, नेपाली मुद्राका रुपमा चाँदी, पित्तललगायत धातुका सिक्का प्रयोग हुन्थे ।

    सवा तीन खर्बका नोट

    बजारमा पठाइएका नयाँ नोट छपाइको सबै चरण पुरा नहुँदै फेरि अर्को चक्र सुरु गर्नुपर्ने बाध्यता छ । नोट जतन गर्ने र सिक्कालाई प्रयोगमा ल्याउने संस्कार नेपाली समाजले अपनाउन नसक्नुको परिणति हो यो, जुन सरकारी प्रयासका बावजुद व्यवहारमा अटेरी हुँदै आएको छ ।

    एउटा चक्रमा करिब तीन खर्ब २९ अर्ब रुपैयाँका नोट छापिन्छन् । त्यसका लागि करिब दुई अर्ब ४४ करोड रुपैयाँ खर्च हुन्छ ।

    हरेक नोटका लागि राष्ट्र बैंकले सुरक्षण राख्ने गर्छ । चलनचल्तिमा रहेका मुद्रालाई ५० र सुन, चाँदीलगायत चल सम्पत्तिलाई ५० प्रतिशत सुरक्षण मानिन्छ ।

    एउटा नोटको मूल्य डेढदेखि दुई रुपैयाँ

    नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि एक रुपैयाँ ९८ पैसासम्म पर्छ । उक्त लागत नयाँ नोट छाप्न अपनाइएको अन्तर्राष्ट्रियस्तरको ठेक्का प्रणालीपछिको हो । त्यसअघि प्रतिपिस ६ रुपैयाँसम्म लाग्थ्यो ।

    अहिले बजारमा आएका नयाँ नोटको छपाई चक्र जनवरी २०१५ देखि सुरु भएको हो । अहिले ५, १०, २०, ५०, एक सय, पाँच सय र एक हजार दरका नोट मात्र चलनचल्तिमा छन् । एक र दुई रुपैयाँका नोट छाप्न छाडिएको छ, अहिले चलनचल्तिमा रहेका एक र दुई रुपैयाँका नोट पुरानै हुन् ।

    नोट छाप्ने दुई वर्षयताको चक्र पुरा भएको छैन । यस चक्रमा पाँच रुपैयाँको २६ करोड, १० को २४ करोड, २० को २१ करोड, ५० को २४ करोड, एक सयको २० करोड, पाँच सयको १८ करोड र एक हजार रुपैयाँको २० करोड थान छापिने छन् ।

    तीमध्ये एक सय र एक हजार रुपैयाँका सबै थान छापिएर बजारमा पुगिसकेका छन् । २० र ५० रुपैयाँका नोटको छपाइमा दोस्रो चरण पुरा भएको छ । पाँच र १० रुपैयाँका नोट भने पहिलो चरणका मात्र बजारमा पुगेका छन् ।

    उक्त चक्र पुरा हुन जुन २०१८ सम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ । छाप्न पठाइएको नोट समयमा नआउँदा अर्को नोटमा पनि प्रभाव पर्छ । जस्तो– पाँच सयको नोट अभाव भए एक सय रुपैयाँको नोटको प्रयोग बढ्छ ।

    कसरी बिग्रन्छ नोट ?

    ‘नोट चाँडै पुरानो हुनुमा एउटा मात्र कारण छैन, हाम्रो संस्कृति पनि मुख्य समस्या बनेको छ,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेती भन्छन् ।

    चाडपर्वमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ । टीका लगाएर रंग लतपतिएको हातले नै दक्षिणा दिइँदा नोट थोत्रो हुने गर्छन् । र, दशैंमा निस्कासन गरिएका नयाँ नोट तिहार र छठ सकिँदा/नसकिँदा झुत्रे भइसकेका हुन्छन् ।

    राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराका अनुसार नोट प्रचलनमा ल्याइनु अघिसम्म दक्षिणाको रुपमा सिक्का दिने चलन थियो । ‘तर, तिनलाई सफाई गर्ने चलन थियो, त्यतिबेला,’ राणा भन्छन् ।

    मन्दिरमा चढाइँदा अबिर, केशरीलगायत रंग लाग्ने, पानी र दूधबाट भिज्ने, पशुपंक्षी बलि दिइँदा नोटमा रगत लत्पतिने, धुप र अगरबत्तिले जल्ने गर्छन्, नोट ।

    कच्याककुचुक पारेर राख्ने, केरमेट गर्नेजस्ता कारणले पनि नोट चाँडै झुत्रे हुन्छन् ।

    मुद्राको जतनमा ध्यान नदिने प्रवृत्तीकै कारण बर्सेनि करोडौं मूल्यका नोट जलाएर नष्ट गरिन्छ ।

    बहसमा ‘पेपरलेस’ समाज

    कागजी नोट प्रयोगमा आउनु अघिसम्म ठूलो कारोबार गर्नु परे सिक्कालाई बोरामा खन्याएर घोडा या खच्चरलाई बोकाउनु पथ्र्यो । ‘त्यही झण्झट हटाउन कागजी नोट चलनचल्तिमा ल्याइएको हो,’ प्रथम गभर्नर राणा भन्छन् ।

    तर, प्रयोगमा सहजता ल्याउने सरकारी प्रयास आत्मसात गर्न सकेन, समाजले । कागजी नोटको जतन कमै मानिसले मात्र ध्यान दिएको पाइन्छ ।

    कतिसम्म भने सुरुवाती चरणमा नेपाली नोट प्रयोगमै बेवास्ता गरेको थियो, समाजले । भारतीय नोट प्रयोगमा रमाएका थिए, नेपाली ।

    २०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि मात्र नेपाली नोटको प्रयोगमा जोड दिइयो । राष्ट्र बैंकको स्थापनाको उद्देश्यले नै नेपाली मुद्राको चलन व्यापक बनाउनु थियो ।

    संसारभर अहिले कागजविहीन समाज (पेपरलेस सोसाइटी)को बहस व्यापक बनेको छ । विभिन्न मुलुकका बैंकहरुले डेबिट र क्रेडिट कार्ड प्रयोगमा व्यापकता दिँदै आएका छन् । विद्युतीय कार्डहरुमार्फत् भुक्तानीको प्रचलन पनि व्यापक बन्दै गएको छ ।

    नेपालको परिदृष्य फरक छ, कागजी मुद्रामै निर्भर छ नेपाली समाज ।

    कुल जनसंख्याको करिब ६० प्रतिशतको मात्र वित्तीय सेवामा पहुँच छ । बाँकी ४० प्रतिशत जनसंख्याले बैंकिङ कारोबारमा आबद्ध नै हुन पाएको छैन ।

    बैंकिङ च्यानलभन्दा बाहिर नै रकम थुप्रिनुको मुल कारण पनि त्यही हो । राष्ट्र बैंकका अनुसार नयाँ–पुराना सबै गरी अहिले चार खर्ब २९ अर्ब रुपैयाँका नोट चलनचल्तिमा छन् ।

    गत असारसम्ममा नेपालमा ५० लाख ४९ हजार विद्युतीय कार्डधारी छन् । तीमध्ये २० प्रतिशतले मात्र भुक्तानीका लागि कार्डको प्रयोग गर्ने नेपाल इन्भेस्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्द बताउँछिन् ।

    त्यसरी भुक्तानीका लागि आवश्यक पोइन्ट अफ सेल (पीओएस) मेसिनको संख्या मुलुकभर जम्मा पाँच हजार छ । सचेतना अभावमा कार्डकाे प्रयोग पनि एटीएमबाट रकम निकाल्ने विकल्पका रुपमा मात्र भइरहेको चन्दको बुझाइ छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.