×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘समृद्ध राष्ट्र नै बीपीप्रति सच्चा श्रद्धाञ्जलि’

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारद गौतम

    काठमाडौंँ, साउन ६ गते ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको एकता र मेलमिलापलाई सर्वोपरि मानेर प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रलाई समृद्ध बनाउने बाटोमा लाग्नु नै बीपी कोइरालाप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।
    नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन जीवनभर सङ्घर्ष गर्नुभएका नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको ३५औंँ स्मृति दिवस मनाइरहँदा गोरखापत्रसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘‘पहिला राष्ट्रलाई सर्वोपरि राखेर अगाडि बढेमा लोकतन्त्र र गणतन्त्र पनि फस्टाउँछ; बीपीले लोकतन्त्र, राष्ट्रियता र समाजवादलाई जोड दिनुभयो; हाम्रो पनि बाटो त्यही हो ।  स्रोतसाधन प्रयोग गर्दै नेपालीको अनुहार फेर्ने बाटोमा हामी सबै लाग्नुपर्छ । ’’
    बीपीले नेपाली जनताका लागि राजनीति गर्नुभयो, विचार र सिद्धान्तका लागि त्याग गर्नुभयो भन्दै उहाँले हिमाल, पहाड, तराई–मधेशको भावनालाई जोडेर लैजानका लागि राष्ट्रका मुख्य चार शक्ति नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा
    (माओवादी) केन्द्र र मधेसका राजनीतिक दलहरूबीचको एकतामा जोड दिनुभयो ।
    पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘‘हामी जहाँ बसे पनि र रहे पनि भाषा जे बोले पनि सबै नेपाली हौँ, सौहार्द वातावरणमा संविधान कार्यान्वयन गरेर जानुको विकल्प छैन, हामी सबैले संविधानअनुसार चल्नुपर्छ, संविधानमा केही मतभेद भएमा पनि संविधानबाटै समाधान खोज्नुपर्छ, जनताको हितमै हामी सबै लाग्नुपर्छ । ’’
    “बीपीले भारतको स्वाधीनता आन्दोलनदेखि राणा शासनविरुद्धको क्रान्तिलाई उठाएर जसरी नेपालीलाई रैतीबाट नागरिक बनाउनुभयो, बीपीले राजतन्त्रसँग सहकार्य गरेर जाने नीति लिनुभयो तर राजाले दमनको नीति लिए र पछिल्लो समयमा राजतन्त्र आफ्नै कारणले ढलेको हो”, डा. यादवले भन्नुभयो, ‘‘वामशक्तिको विगतको एकताबाट परिवर्तन सम्भव भएको हो, त्यसैले बीपीको मेलमिलापको नीतिबाट प्राप्त उपलब्धिको रक्षा गर्न सकिन्छ । ’’
    नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतले बीपीबाट अहिलेको पुस्ताले सिक्नुपर्ने मुख्य पाठ भनेको बीपीको देशभक्ति र राष्ट्रप्रेम नै हो ।  उहाँले बीपी नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन जीवनभर लाग्नुभयो, उहाँले अधिकारसम्पन्न जनताले मात्रै देशको रक्षा गर्न सक्छन् र विकास हुन्छ भन्ने मान्यता राख्नुभयो, अहिलेको युवा पुस्ताले पनि यसलाई अङ्गीकार
    गर्नुपर्ने बताउनुभयो ।
    बीपीका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोराजस्ता कृति प्रकाशित छन् ।  उहाँका साहित्यमा विद्यावारिधि गर्नुभएकी डा. ज्ञानु पाण्डे भन्नुहुन्छ, ‘‘बीपीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न साहित्य लेख्नुभयो, नेपाली समाज कस्तो बनाउन चाहेको हो, त्यसलाई दार्शनिक आवरण दिईकन आफ्नो अभिव्यक्ति
    दिनुभएको छ । ’’
    अरूको साहित्यभन्दा कोइरालाको साहित्य अलिक विचारप्रधान रहेको र मान्छेलाई रूपान्तरण गर्न जोड दिएको विचार डा. पाण्डेको छ ।  नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहनुभएकी डा. पाण्डेले कोइरालाको साहित्य लेखनले नेपाललाई विशिष्ट योगदान पु¥याएको बताउनुभयो ।
    जननायक बीपी कोइरालाको ३५औँ पुण्य स्मृतिमा बीपी ट्रस्टद्वारा साउन ६ गते शुक्रबार पूर्वराष्ट्रपति डा. यादवबाट पुरुषोत्तम बस्नेतद्वारा लेखिएको पुस्तक नेपाली काँग्रेसको इतिहासको प्रारूप भाग–२ को विमोचन हँुदैछ ।
    पुस्तकमा मूलतः २००७ सालदेखि २०१७ सालसम्मको नेपाली राजनीतिलाई समेटिएको छ ।  उहाँले त्यस अघिको राजनीतिलाई भाग–१ मा समेटिसक्नुभएको छ ।  भाग–१ झन्डै एक दशकअघि प्रकाशित भएको थियो ।
    यसैगरी हरिबोल भट्टराई अध्यक्ष रहेको बीपी चिन्तन प्रतिष्ठानले ‘बीपी कोइराला र लोककल्याणकारी राज्य’ विषयका विचार कार्यशाला आउँदो शनिबार आयोजना गर्दैछ ।
    प्रष्तिठानका कोषाध्यक्ष त्रिलोचन पौडेलका अनुसार कार्यशालामा २२ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ ।  कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
    यस्तै प्रजातान्त्रिक विचार समाजले पनि शुक्रबार नै प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम गर्न लागेको जानकारी समाजका महासचिव गोकर्ण अर्यालले दिनुभयो ।  कोइरालाको स्मृति दिवसको सन्दर्भमा देशभर अन्तरक्रिया, छलफल गोष्ठी, वृक्षरोपण र रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी प्राप्त
    भएको छ ।
    नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट उहाँ परिचित हुनुहुन्थ्यो ।  २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गर्दै पहिलो जननिर्वाचित कोइराला सरकार भङ्ग गर्दै उहाँलाई आठ वर्ष कैद गरियो ।  पछि उहाँ नेपाल फर्के पनि तत्कालीन नेपाल सरकारले उहाँलाई देशद्रोहको अभियोगमा कैद गरेको थियो ।  वि.सं. १९७१ मा जन्मनुभएका बीपीको क्यान्सरबाट २०३९ साल साउन ६ गते निधन भएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.