×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

परस्थिति होइन मनस्थिति बदलौं

  •  
  • मङ्गलबार, साउन ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यदि जिन्दगीमा हामीले केही गर्न सक्यों भने त्यो हाम्रै कारणले हुन्छ भने यदि केही गर्न सकेनौं भने पनि हाम्रै कारणले हुन्छ । – वास्तवमा भन्ने हो भने यो संसारमा लकको अस्तित्व छ तर गुड लकको मात्र । ब्याड लक भनेर जुन परिस्थितिलाई बुझिन्छ, त्यो त गुड लकको एउटा हिस्सा मात्र नै हो ।

    बुद्धि मल्ल   

    मानिसको जिन्दगीमा राम्रा नराम्रा विभिन्न परिस्थितिहरु आइपर्छन् । अधिकांश मानिसहरु राम्रा परिस्थितिमा खुसी हुने र नराम्रा परिस्थितिमा दुखी हुने हुन्छन् । स्वभावले नै मानिसहरु राम्रा परिस्थितिको लागि कामना गर्दछन् । मलाई नराम्रो परिस्थितिको सामना गर्नुपरोस् भनेर सायदै कसैले भन्दैनन् । त्यसमा पनि अधिकांश मानिसहरु राम्रा परिस्थितिको लागि आफ्नो मेहनत तथा लगनलाई जस दिन्छन् भने नराम्रा परिस्थितिलाई आफ्नो भाग्यलाई दोष दिन्छन् । राम्रो भयो भने मेरो मेहेनत अर्थात नराम्रो भयो भने मेरो भाग्य नै खराब अर्थात राम्रो भाग्य र भाग्य खराब ।

    दुईजना साथीहरु कुनै एउटा सेमिनारमा भाग लिनको लागि कारमा सवार गर्दै थिए, अचानक राजमार्गमा एउटा सवारी दुर्घटना भएको देखे । उनीहरु आफ्नो कारबाट ओर्लेर घन्टौं खटेर घाइतेहरुको उद्धारमा संलग्न भए । घाइतेहरु मध्ये कसैको टाउकोमा चोट लागेको थियो भने कसैको हात त कसैको खुट्टा भाँचिएको थियो । घाइतेहरुको उद्धारपछि बाटोमा एकजना साथीले निराश हुँदै भन्यो– आज त दिनै खराब रहेछ, बिहानबिहानै दुर्घटना देख्नु पर्यो मेरो मुड ठिक छैन यस्तो मुडमा कसरी सेमिनारमा भाग लिने ।

    अर्को साथीले मुस्कुराउँदै भन्यो– आजको दिन खराब होइन साथी, आजको दिन राम्रो हो । आजसम्म यो ठाउँमा जति पनि दुर्घटनाहरु भएका छन् ती दुर्घटनाहरुमा ठूलो सानो संख्यामा मानिसहरु मरेकै छन् तर, आजको दुर्घटनामा कोही पनि मानिसहरु मरेनन् । चोटपटक लागेको त उपचार पछि ठिक भइहाल्छ नि । हातखुट्टा भाँचिएको पनि जोडिन्छ फेरि हामीले यिनीहरुको उद्धार गर्ने मौका पनि त पाइयो नि । आजको दिन ठीक छ अर्थात यो घटना हाम्रो खराब होइन राम्रो हो ।

    दुईजना साथीहरु एउटै गाडीमा एउटै कार्यक्रमको लागि जाँदै थिए, दुवैको लागि उक्त दुर्घटना अर्थात् परस्थिति एउटै थियो तर फरक थियो त उक्त दुर्घटनालाई हेर्ने मनस्थिति । अब विश्लेषण गरौं त, पहिलो र दोस्रो साथी आफ्नो आफ्नो मानसिकतामा सेमिनारमा भाग लिए भने कसको नतिजा राम्रो होला दोस्रोको रु अवश्य नै दोस्रोे साथीले सेमिनारमा सक्रिय सहभागिता जनाएर बढीभन्दा बढी लाभ लिन सक्थ्यो भने पहिलो व्यक्तिले उनको मानसिकतामा सक्रिय भाग लिन सक्दैनथ्यो र उचित लाभ लिन सक्दैनथ्यो र उसले उक्तदिनको समय कमै मात्र सदुपयोग गर्न सक्थ्यो ।
    १९९३ को साहित्मा नोबल पुरस्कार बिजेता अमेरिकी साहित्यकार टोनी मोरिसनले आफ्नो पुस्तक ‘बिलोभ्ड ब्याड लक’ भन्ने नहुने उल्लेख गरेका छन् । वास्तवमा भन्ने हो भने यो संसारमा लकको अस्तित्व छ तर गुड लकको मात्र । ब्याड लक भनेर जुन परिस्थितिलाई बुझिन्छ, त्यो त गुड लकको एउटा हिस्सा मात्र नै हो । त्यसैलाई हाम्रै कर्मले निम्त्याइराखेका हुन्छौ । यस संसारमा विभिन्न देशका मानिसहरु एउटै परिस्थितिलाई पनि फरक फरक तरिकाले बुझछन् ।

    फरक फरक भाषाको कारणले गर्दा पनि एउटै शब्दलाई एउटा देशको मानिसले सकरात्मक कुरालाई अर्को देशको मानिसले नकरात्मक रुपमा ग्रहण गर्दछन् त्यस्तै धर्म, संस्कृतिको कारणले एउटै घटनालाई एउटा देशको मानिसले सकरात्मक लिन सक्छन् भने अर्को देशको मानिसले त्यसलाई नकरात्मक रुपमा लिन सक्छन् । त्यसैको फलस्वरुप विभिन्न देशको रहन सहन संस्कृति, कानुन तथा त्यहाँको परिस्थिति अनुसारको खानपिन, लगाइ, बोलाइ र हेराइ आदि फरक हुन्छ ।

    एउटा सहरमा एउटा अपार्टमेन्टको दायाँ तर्फको फ्ल्याटमा एक जोडी दम्पति र अर्को फ्ल्याटमा अर्को एक जोडी दम्पति बस्थे । दायाँ तर्फको दम्पति संधै भै–झगडा गर्दथे अर्थात उनीहरुको कोठाबाट सधैं नै कराएको चिच्याएको आवाज निस्कन्थ्यो भने अर्को दम्पतिको कोठाबाट संधै हाँसेको रमाएको आवाज निस्कन्थ्यो । सधैं झै एकदिन दायाँ तर्फको अपार्टमेन्टमा बस्ने श्रीमान श्रीमती झगडा गर्दै थिए र श्रीमतीले लोग्नेलाई कुचोले हिकाउन खोज्दा अर्को अपार्टमेन्टबाट खितितिति‘‘ हाँसोको आवाज आयो र श्रीमानले कुचो समाउंदै श्रीमतीलाई भन्यो– पख बुढी । हेर त्यो अपार्टमेन्टको श्रीमान श्रीमती कसरी मिलेर हाँसी खुसी बसिराखेका छन् ।

    हामीमात्र कति झगडा गर्ने । जाउँ तिनीहरु कसरी मिलेर बसेका रहेछन् बुझौं । श्रीमती मन्जुर भइन् र अर्को अपार्टमेन्टमा गए र श्रीमानले बायाँको अपार्टमेन्टमा गएर भन्यो– हेर्नुस् हामीहरु एउटै अपार्टमेन्टमा बस्छौ, तपाईंले पाउने यहाँको वातावरण र हामीले पाउने यहाँको वातावरण पनि एउटै हो, हाम्रो आर्थिक हैसियत पनि लगभग एउटै छ, हाम्रो शैक्षिक योग्यता पनि एउटै हो तर, के कारणले हो तपार्इंहरु सधैं हाँसीखुसी मिलेर रमाएर जिन्दगी बिताउनु भएको छ तर, हाम्रो चाँही संधै झै–झगडा गरेर बितिराखेको छ ।

    यति सुनेर बायाँपट्टिको फ्ल्याटको श्रीमानले मुसुक्क हाँस्दै भन्यो– हेनुस् मित्र, हामी खुसी हुनुको कारण केही छैन, मेरी श्रीमतीले मलाई चप्पल, कुचो आदिले हान्छे, लागे ऊ हाँस्छे, नलागे म हाँस्छु । कुरा यति मात्र नै हो ।

    वास्तवमा माथिका दुवै श्रीमान श्रीमतीको लागि परिस्थिति एउटै थियो अर्थ दुवै दम्पति झगडा नै गरिराखेका रहेछन् तर फरक यति रहेछ कि पहिलो श्रीमान श्रीमतीले हामीहरु झगडा गरिराखेका छौं भन्ने मनस्थिति राख्दा रहेछन् र झगडाको स्वरुप लिएर रिसाएको कराएको आवाज आउँदो रहेछ भने दोस्रो श्रीमान श्रीमतीले हामीहरु एक अर्कासँग जिस्किराखेका छौं भन्ने मनस्थिति रहेछन् हाँसेको, खुसीभएको आवाज आउने रहेछ । पहिलो दाम्पति झगडालु मनस्थितीमा जिन्दगीलाई निराशा बनाइ राखेका थिए भने दोस्रो दाम्पति मनोरञ्जनको मनस्थितिमा जिन्दगिलाई रंगिन तथा उर्जाशील बनाइ राखेका थिए ।

    वास्तवमा सही अर्थमा अहिले हामीसँग जे परस्थिती छ, त्यो परस्थितीसँग कति पनि बिचलित नभइकन त्यसलाई सहर्ष स्वीकार गरेर अगाडि बढियो र हाम्रो परस्थितिको जटिलताभन्दा बलियो मनस्थिति बनायौं भने जस्तो सुकै परस्थितिमा पनि हामीलाई खुसी दिन्छ, सफलता दिन्छ र जिन्दगी प्यारो लाग्न थाल्छ ।

    संसारका जति पनि सफल व्यक्तिहरु छन् चाहे पटक पटक हारेर अन्तमा अमेरिकी राष्ट्रपतिमा बाजी मारेका अब्राहम लिंकन हुन् या फिल्मी क्यारियरको सुरुवातमा लगातार असफलताको स्वाद चाखेर एकपटक आर्थिक संकटमा परेर पनि अहिले बलिउडको शहंशाहको रुपमा परिचित र बलिउडमा सबैभन्दा अग्लो स्थान बनाएका अमिताभ बच्चन हुन् । या, दक्षिण अफ्रिकामा अपमानपूर्वक ब्रिटिस गोराहरुद्वारा रेलबाट फालिएका महात्मा गान्धी हुन या रुखको टुप्पोमा बसेर फेदतर्फ काट्ने मुर्ख भनिएका महान साहित्यकार कालिदास वा, कलेजको पढाई पूरा गर्न नसकी पढाई छाडेका संसारकै धनि व्यक्ति बिल गेट्स तथा कलेजको पढाइ पूरा गर्न नसकेपछि संघर्ष गरी एप्पलको संस्थापक भएका स्टिभ जब्स । वा कलेजको पढाइ सकेर जागिरको लागि भौतारिंदा केएफसी लगायत ३० वटा अन्तवार्तामा असफल भएपछि अहिले संसारकै धनीमध्ये १ चीनको अलिबाबा ग्रुपको प्रमुख कार्यकारी अधिकृत ज्याकमा । यी सम्पूर्ण सफल व्यक्तिहरुको लागि सबै परस्थिति सहज थिएनन्
    तर तिनीहरुले ती परस्थितिलाई हेर्ने मनस्थितिलाई ठिक पारे । परस्थितिसँग कहिल्यै पनि दोष दिएनन् भाग्यलाई कहिल्यै धिक्कारेनन् बरु त्यस परस्थितिलाई सामना गर्नको लागि थप मेहनत, अध्ययन, आफ्नो क्षमता बढाउन तिर ध्यान दिए ।

    यदि जिन्दगीमा हामीले केही गर्न सक्यों भने त्यो हाम्रै कारणले हुन्छ भने यदि केही गर्न सकेनौं भने पनि हाम्रै कारणले हुन्छ । जिन्दगीमा सफल हुने कसैलाई देखाउनको लागि होइन आफ्नै लागि हो, जिन्दगीमा आउने विभिन्न परस्थितिलाई दोष दिन छाडौं यदि दियौं भने सम्झौं कि मैले मलाई नै दोष दिइराखेको छु ।

    यो संसारमा प्रत्येक पल, प्रत्येक क्षण विभिन्न परिस्थितिहरु आइराखेका हुन्छन् । परस्थिति आउनबाट हामी कसैले पनि रोक्न सक्दैनौ यसको शब्दबाट पनि छर्लंग हुन्छौ परंस्थिति. परस्थिति अर्थात परको स्थिति । मनस्थितिको अर्थ हुन्छ मनंस्थिति. मनस्थिति अर्थात मनको स्थिति । मनको स्थिति बदल्ने हाम्रो अधिनमा छ तर परको स्थिति बदल्ने अधिन हामीमा छैन त्यसैले मनस्थिति बदलौ, परस्थिति बदल्न सक्छौं ।

    (लेखक ओम डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् )

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.