×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अझै सशक्त रुपले बैंकिङ्ग सेवा प्रदान गर्छौ : अधिकारी

  •  
  • शुक्रबार, असार ०२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरामा केन्द्रिय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड र गोर्खामा केन्द्रिय कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेडले आज असार २ गते शुक्रबारबाट संयुक्त कारोवार गर्दैछन् । राष्ट्रिय स्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जर पछि अझै ठुलो विकास बैंकको रुपमा अझ सशक्त रुपले बैंकिङ्ग सेवा प्रदान गर्न सक्नेछ भन्ने बैंक ब्यवस्थापनको विश्वास रहेको छ । यिनै मर्जरको सेरेफेरोमा रहेर बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीसंग गरिएको कुराकानी ।

    बिश्वमोहन अधिकारी
    प्रमुख कार्यकारी अधिकृत, ओम डेभपलपमेन्ट बैंक लिमिटेड

    यहांको मर्जरकोे अनुभव कस्तो रह्यो ?

    मर्जर हाम्रो लागि बिशेष रह्यो । २०७२ साल चैत्र २२ गते साविक सिटी डेभलपमेन्ट बैंक लिमिटेड र साविक ओम फाईनान्स मर्ज भएर हामि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरेका थियौं । एकातिर मर्जपछि राष्ट्रिय स्तरको विकास बैंक भएपछि देशका बिभिन्न स्थानहरुमा शाखा बिस्तार गरि सेवा बिस्तार गर्यौं भने बैंकको ब्यवसायमा पनि बृद्धि गरि शेयरधनिहरुलाई उचित प्रतिफल दिन सफल भएका छौं । शेयरधनि, ग्राहकहरु तथा कर्मचारीहरुको सहयोग, सल्लाह तथा सुझावले गर्दा फेरी मनास्लु विकास बैंकसंग मर्ज भई अझै ठुलो विकास बैंकको रुपमा कारोवार गर्दैछौं । मर्जरको लागि सबै पक्षको सकरात्मक सहयोगले हामिलाई उत्प्रेरणा प्रदान गरेको छ ।

    मर्जरपछि बैंकको अवस्था कस्तो छ ?

    मर्जरपछि बैंकको चुक्ता पुंजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड पुगेको छ भने ओमको ३२ वटा शाखा र मनास्लुको १० वटा शाखा गरी ४२ वटा शाखाहरुमध्ये तनहुंको तुरतुरे शाखा गाभिने भएकोले एउटा घटेर ४१ वटा शाखहरु भएको छ भने ३२७ जना कर्मचारीहरु कार्यरत छन् । मर्जरपछि बैंकको ग्राहक संख्या निक्षेपतर्फ १ लाख ९८ हजार, कर्जातर्फ २५ हजार १ सय, एटिएमतर्फ १५ हजार र मोवाईल बैंकि∙तर्फ ३७ हजार ५ सय पुगेको छ ।

    मर्जरपछि बैंकको प्रतिफल घटेको पाईन्छ । ओमको प्रतिफलको अवस्था कस्तो छ ?

    बैंकको प्रतिफललाई धेरै तत्वले असर पार्न सक्छ । मर्जरमा जाने संस्थाहरु मध्ये यदि कुनै संस्थाको वित्तीय अवस्था कमजोर भएको खण्डमा मर्जरपछि प्रतिफलमा कमि आउन सक्छ त्यस्तै गरि बोनश शेयर जारी बितरण तथा हकप्रद शेयर जारी गरेको अवस्थामा पनि प्रतिफलमा कमि आउन सक्छ । साबिक सिटी र ओम दुबैको वित्तीय अवस्था राम्रो रहेकोले गत बर्ष हामिले मर्जरपछि पनि २९.२० प्रतिशत बोनश शेयर बितरण गर्न सफल भएका थियौं भने यस बर्ष पनि ओम र मनास्लु दुबैको वित्तीय अवस्था राम्रो रहेकोले बैंकिङ्ग उद्योगको औसत प्रतिफल दरभन्दा बढि प्रतिफल दिन सफल हुनेछौं ।
    नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्ता पुंजी कसरी पुर्याउने योजना छ रु
    नेपाल राष्ट्र बैंकले तोके बमोजिम हामिलाई २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउनुपर्ने हुन्छ । मर्जर लगत्तै हामिले १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रक्रियामा जान्छौ र यस चालु आर्थिक बर्षको मुनाफाबाट बोनश शेयर बितरण गरेर २ अर्ब ५० करोड भन्दा माथि चुक्ता पुंजी पुर्यांउनेछौं ।

    तपांईले मर्जरबाट के फाइदा हुन्छ भन्ने बिश्वास लिनुभएको छ  ?
    सर्वप्रथम मर्जरपछि ग्राहकहरुले बढि भन्दा बढि शाखाबाट कारोवार गर्ने मौका पाउनेछन् । बैंकका सम्पूर्ण शाखाहरुका ग्राहकहरुलाई शाखा सञ्जालले जोड्ने काम गर्नेछ भने मर्जरपछि बैंकको जोखिम वहन गर्ने क्षमतामा बृद्धि भई देशको लागि आवश्यक ठुला ठुला पूर्वाधारमा समेत लगानी गर्नको लागि बैंक सक्षम हुनेछ । कर्मचारीहरुमा पनि प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि भई उसको ब्यक्तिगत क्षमतामा समेत बृद्धि हुनेछ । त्यसैगरि फरक फरक अनुभव भएका सञ्चालक समिति तथा कर्मचारीहरुमा बिभिन्न ज्ञान, शिपा तथा क्षमताको आदन प्रदान भई थप कार्यकुशलताका साथ प्रदान गरिने सेवामा अझ राम्रो बन्न जानेछ भन्ने बिश्वास लिएको छु । समग्रमा सानो संस्था भन्दा ठुलो संस्थाको दिने सेवा सुविधामा गुणात्मक बृद्धि भएको छ ।

    मर्जरपछि बैंकको रणनितीहरु के के छन् ?

    हामिले मर्जरको स्वीकृती संगसंगै नेपाल राष्ट्र बैंकसंग देशका बिभिन्न ठांउहरुमा शाखा खोल्नको लागि स्वीकृती मागेका थियौं । अब हामि तुरुन्तै नेपाल राष्ट्र बैंकसंग स्वीकृती लिई शाखा बिस्तार गर्नेछौं । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उदेश्यले चिप बेस एटिएम कार्ड सहित ग्राहकहरुलाई नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) नेटवर्कको भिजा कार्ड बितरण गर्ने निर्णय गरेका छौं यसबाट ग्राहकहरुले नेपाल, भारत र भुटानबाट रकम झिक्न सक्नेछन् र ग्राहकको माग र आवश्यक्ता बमोजिम एटिएम मेशिन पनि बिस्तार गर्दे जाने योजना छौं । समग्रमा नेटवर्क बिस्तार, गुणस्तरीय सेवा, जोखिम न्यूनिकरण, मानव संसाधनको गुणस्तरमा बृद्धि, अत्याधुनिक बैंकिङ्ग सेवाको बिस्तार, लगानीको बिविधिकरण आदि रणनितिहरु अवलम्बन गरेका छौं ।

    अहिलेको कर्जा संकुचनको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

    नेपालका बैंक तथा वित्तीय क्षेत्रमा बिगत ४–५ महिनामा कर्जा संकुचनको अवस्था देखा परि कर्जा तथा निक्षेप दुबैको ब्याजदर बढेको अवस्था छ । बिगतमा बचतको ब्याज भन्दा मुद्रास्फिति दर धेरै हुनु राम्रो पनि थिएन । पहिलो चरणको स्थानिय निर्वाचन भएपछि पनि बैंकरहरुले अपेक्षा गरे अनुरुप बजारमा तरलता बढिराखेको पाईएको छैन । सरकारी खर्च कम भएर पनि बैंक तथा वित्तीय संस्थाहरुसंग लगानीयोग्य रकमको अभाव भएको हो । यद्यपी यो समस्याको समाधान हुंदै गएको अवस्था हो । दोश्रो चरणको स्थानिय निकायको निर्वाचन र नयां आर्थिक बर्षको प्रारम्भसंग यो समस्या समाधान हुने विश्वास गरेको छु । देशको तिब्र आर्थिक बृद्धिको लागि अहिलेको कर्जा संकुचन घातक हुनसक्छ, त्यसैले यो समाधान तर्फ सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु तुरुन्तै लाग्नुपर्ने देखिन्छ ।

    बैंकिड्ड क्षेत्रमा समस्या आउन नदिन के गर्नुपर्छ ?

    बैंकि∙ क्षेत्र अन्य ब्यवसाय तथा संस्थाहरु भन्दा फरक ब्यवसाय भएकोले यस क्षेत्रमा समस्या आउन नदिनको लागि राम्रो संस्थागत सुशासन स्थापित गर्नुपर्छ । संस्थागत स¬शासन, पारर्दशिता, ईमान्दारीता र जवाफदेहिताका साथ यसका सरोकारवालाहरु जस्तै, सञ्चालक, ब्यवस्थापन पक्ष तथा कर्मचारीहरुले वित्तिय स्वार्थमा नलागी कार्य गर्ने गराउने वातावरण श्रृजना गर्ने, लगानी विविधिकरण गर्ने ,नियन्त्रण प्रणाली च¬स्त पार्ने,स्व—अन¬शासनको वातावरण बनाउने, जोखिम ब्यवस्थापनमा बिशेष ध्यान दिनुपर्छ र नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित मापदण्ड अनुसार कार्य गरेमा तथा आन्तरिक र बा≈य बातावरणीय तत्वको बिश्लेषण गरी अगाडी बढेमा यस क्षेत्रमा आउने समस्या रोक्न सकिन्छ ।

    अन्तमा केहि भन्न चाहानुहुन्छ ?

    ओम डेभलपमेन्ट बैंक सदैब ग्राहक सेवामा समर्पित छ । योर बैंक योर पार्टनर स्लोगानको साथमा स्थापनाकाल देखिनै ग्राहक सेवालाई केन्द्रमा राखेर सेवा दिईराखेको छ । आजको दिनसम्म हामिलाई मांया गरेर कारोवार गर्नुहुने सम्पूर्ण ग्राहकहरु, सदैव सल्लाह सुझाव दिने शेयरधनिहरु लगायत सम्पूर्ण शुभचिन्तकहरु सबैलाई धन्यवाद दिन चाहान्छु र भविष्यमा पनि यस्तै सल्लाह, सुझावको अपेक्षा र्गर्दछु । अन्तमा,आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा यस पत्रिकालाई बिशेष धन्यवाद दिन चाहान्छु ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.