×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

क्षतिपूर्तिले परिवार विखण्डन

  •  
  • बिहिबार, बैशाख १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अवधेशकुमार झा, राजविराज

    बुहारीले कुटपिट गरेको भन्दै सप्तरी जिल्ला प्रहरीमा उजुरी गर्न आएका मेहता दम्पती ।तस्बिर : अवधेशकुमार/कान्तिपुर
    मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवारमा क्षतिपूर्ति रकम बापतको १० लाख कसले पाउने भन्ने विवाद उत्कर्षमा

    वैशाख १४, २०७४- मधेस केन्द्रित दलहरूद्वारा विभिन्न समयमा भएका आन्दोलनमा सुरक्षाकर्मीको गोलीले मृत्यु भएका मध्ये केही परिवारमा क्षतिपूर्तिको १० लाख रकमले पारिवारकि द्वन्द्व बढाएको छ ।

    क्षतिपूर्ति बापतको उक्त रकम पत्नीले लिने कि आमाबुबाले राख्ने भन्ने विवादले झगडाकै रूप लिन थालेको हो । यही विवादले केही परिवारमा ठूलो तनाव छ । कुटपिट र दुव्र्यवहारका घटना सार्वजनिक भएका छन् ।

    मृतककी पत्नी घर छाडेर माइतीको शरणमा जानुपर्ने बाध्यता समेत आएको हो । पछिल्लोपटक गत फागुन २३ गते एमालेको मेची– महाकाली अभियानअन्तर्गत भएको तनावका क्रममा टाउकोमा गोली लागेर मलेठमा सञ्जन मेहताको मृत्यु भयो । मृतकको परिवारमा सातायता तनाव छ ।

    मृत्यु हुनुभन्दा ९ महिनाअघि मात्र सञ्जनसित वैवाहिक सम्बन्धमा गाँसिएकी सविता मेहता मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगिन् । आफूलाई सासूससुराले कुटपिट गर्दै यातना दिन थालेकाले कारबाही गरी न्याय पाऊँ भन्दै निवेदन दर्ता गराइन् । उनको निवेदनमाथि प्रहरीले अनुसन्धान कार्य अगाडि नबढाउँदै बुधबार जिल्ला प्रहरीमै अर्को निवेदन लिएर आइपुगे, मृतक सञ्जन मेहताका बुबा लक्ष्मण र आमा शान्तिदेवी । वृद्ध मेहता दम्पतीले पनि बुहारी सवितामाथि उस्तै आरोप लगाए ।

    बुहारीले आफ्ना भाइसँग मिलेर सासूआमा शान्तिदेवीलाई कुटपिट गरेको, सुन र ६० तोला चाँदीसहित माइत गएकाले कारबाही गरिपाऊँ भन्ने आशयको निवेदन मेहता दम्पतीले पनि जिल्ला प्रहरीमा बुझाए । ‘छोरा पनि मर्‍यो, बुहारीले कुटपिट गर्न थाली, गरगहनासमेत लिएर गई,’ सञ्जनकी आमा शान्तिदेवीले भनिन् ।

    सञ्जनकी पत्नी सविताले आफूलाई सासू र ससुरा दुवै मिलेर यातना दिने गरेको आरोप लगाएको सप्तरी प्रहरीले जनाएको छ । सविताका दाजु गोविन्दले आफ्नी बहिनीलाई २४ घण्टादेखि घरमा भोकै राखेर यातना दिइएको आरोप लगाए । उनले भने, ‘सविताका सासूससुरा र जेठाजुले यातना दिँदै क्षतिपूर्तिबापत आउने १० लाख रुपैयाँमा एक रुपैयाँ पनि नदिने भन्दै धम्क्याउँदै आएका छन् ।’

    गोली लागेर परिवारका सदस्यको मृत्यु भएकाले सबैले यो परिवारलाई सहानुभूतिका नजरले हेरेको जिल्ला प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । ‘दुवै तर्फबाट संवेदनशील कुरा आएको छ, स्थानीय बासिन्दासमेतलाई राखेर वास्तविकता पत्ता लगाई छलफलका माध्यमबाट समस्या समाधन गर्ने प्रयत्न गर्दै छौं,’ उनले भने ।

    निवेदनअनुसार प्रहरीले मृतक सञ्जनकी पत्नी र आमाबुबा दुवै पक्षलाई घाउ जाँच केस फारमसमेत बनाएको छ । ‘कानुनअनुसार घाउ जाँच गरिन लगाइएको छ,’ डीएसपी अधिकारीले भने, ‘तर छलफलकै माध्यमबाट आपसी समस्या समाधानका लागि पहिलो प्रयास गर्नेछौं ।’ सञ्जनकी पत्नी सविता मंगलबार आफ्नो माइती सुनसरीको अमाही बेल्हा गएकी छन् । प्रहरीका अनुसार बिहीबार तनाव अन्त गर्न छलफल डाकिएको छ ।

    मधेस आन्दोलनमा मारिएका परिवारमा यस्ता तनावका घटना नौला होइनन् । तेस्रो मधेस आन्दोलनमा सप्तरीको भारदहमा प्रहरीको गोली लागी मृत्यु भएपछि सहिद घोषणा गरिएका राजिव राउतको परिवारमा पनि यस्तै तनाव भएको थियो । जुन अझै पनि कायमै छ । राजिवको मृत्युपछि क्षतिपूर्तिबापत सरकारबाट प्राप्त १० लाख रुपैयाँ राजीव पत्नी नीलमको बैंक खातामा आउनेबित्तिकै उनी र सासूससुराका बीचमा तनाव सुरु भएको थियो । नीलम अहिले सासूससुरासँग छुट्टिएर बस्दै आएकी छन् ।

    यस्तै तेस्रो मधेस आन्दोलनमै सप्तरी, भारदहमा प्रहरीको गोली लागी मृत्यु भएका वीरेन्द्र रामकी पत्नी बबितादेवी आफ्नो डेढ वर्षीय छोरासाथ माइतको शरणमा पुगेकी छन् । ससुरा सकलदेव राम र परिवारका अन्य सदस्यले घरबाट निस्कन दबाब दिएपछि उनी माइतीको शरणमा पुगेकी हुन् । बबिताले अंशका लागि मुद्दा हालेपछि सकलदेवले घरजग्गा अर्कैको नाममा सारेको उनको आरोप छ । राम परिवारको तनाव पनि क्षतिपूर्ति बापतको १० लाख रुपैयाँकै कारणले भएको स्थानीय बासिन्दा बताउँछन् ।

    स्रोतका अनुसार मधेस आन्दोलनका विभिन्न चरणमा प्रहरीको गोली लागी मृत्यु भएकाहरूको परिवारमा क्षतिपूर्तिको १० लाख रुपैयाँले परिवारमै तनावको स्थिति सिर्जना हुने गरेको छ । केही परिवार बाहेक धेरैमा त्यो समस्या देखिएको मधेसी मोर्चाका एक स्थानीय नेताले बताए ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले गत फागुन २३ गते मलेठमा भएको घटनमा प्रहरीको गोली लागी मारिएका पाँचैजनाका लागि १० लाख रुपैयाँ निकासा भइसके पनि वितरण हुन नसकेको बताए ।

    गृहमन्त्री विमलेन्द्र निधि आफैं आएर उक्त रकम हस्तान्तरण गर्ने भनिए पनि मोर्चाको अवरोधका कारण उनी आउन नसक्दा रकम वितरण हुन सकेको छैन् । क्षतिपूर्तिबापत आउने उक्त रकम मृतकको सबैभन्दा नजिकको अंश लाग्नेलाई दिने प्रावधानअनुरूप विवाहितको हकमा निजकी ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.