शैलेन्द्र थापा
हामी एकै दिन राष्ट्र सेवाका लागि कम्व्याट ड्रेस लगाउँदै थियौं । त्यस पछिका नौ वर्षमा हाम्रोे मित्रता शब्दमा वर्णन गर्न नसक्ने निकट हुन पुगेको थियो । हाम्रा कतिपय युनिट सँगै थिए । र कतिपय व्यक्तिहरु हामीलाई सधैं सँगै देख्दा सोध्ने गर्थे तपाईहरु जुम्ल्याहा हो ? तनहुँ स्थित डुम्रे बजारकी दिदीले यसरी नै सोध्दा उ हास्दै भन्थ्यो कहाँ हुनु दिदी म बाहुन यो क्षेत्री । म फेरी जवाफ फर्काउँथे दिदी यो वफ बाहुन म शुद्ध क्षेत्री अनि फेरि सँगै पेट मिचि मिचि हास्थ्यौ ।

यसरी नै मित्रताका नौ वर्ष पुरा हुँदै गर्दा आत्मिय मित्र सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकलाई यस धर्तीबाट सदाका लागि गुमाउनुको पिडा शब्दमा उतार्न सकिने खालको छैन । तर चैत्र २८ गते पुरै कालो दिन जस्तै लाग्छ मलाई । यो एक वर्षको अवधि त्यस्तो कुनै दिन छैन उसको सम्झना नआएको होस् । रगतको नाता भन्दा भावनको नाता बलियो र नजिकको हुन्छ भन्ने मान्यता सायद हाम्रो मित्रताले प्रमाणित ग¥थ्यो की ? उ कर्तव्य पालनाकै सिलसिलामा २०७२ साल चैत्र २८ गते चितवनबाट काठमाडौं आउँदै थियो । धादिङ स्थित पृथ्वी राजमार्गको मलेखुमा भएको सडक दुर्घटनाको खबर हावा सरी साथी भाई माझ फैलदै थियो ।
म त्यस वेला पोखरामा थिए । सायद बिहानको एघार बजेको समय हुनुपर्छ । फोनको घण्टी पनि निर्दयी जस्तो लाग्यो । भानुभक्त सरले घटना आत्तिदै सुनाउनुभयो । त्यस पछिका झण्डै १० घण्टा कति बेचैनिमा विते यहाँ उल्लेख गर्न सकिदैन । प्लेन टिकट खोजे काठमाडौ आउने तर भन्ने वित्तिकै किन पाइन्थ्यो र ? साना गाडी रिजर्वको प्रयास पनि असफलभयो । तर अन्तिम संस्कार चितवन स्थित देवघाटमा हुने सनेपछि श्रीमती र २ वर्षकी छोरी च्यापेर म पनि पोखराबाट हिडे चितवनतर्फ । साथमा थिए व्याचिहरु लोकेन्द्र सुब्वा र सन्दिप अर्याल । साँझ ७ बजे पोखराबाट हिड्यौ । उफ् बाटो पनि कति लामो ? ट्याक्सीको रफ्तार कम हो की ?
रातको झण्डै १०ः३० बजे जस्तो लाग्छ देवघाट पुगेको । त्यो सन्नाटा, त्यो समय र दृष्यहरु खोइ कसरी भनौ । साथी विकाशले पहिल्यै अरु साथीहरुलाई भनेको रहेछ त्यो (म) आएपछि उत्पात गर्छ । त्यसलाई टाढै रोक्नुपर्छ । आखीर मन सम्हाल्न जसरी पनि त प¥यो । त्यो रात लगभग ट्याक्सीमै वित्यो भने हुन्छ । अन्तिम संस्कार पश्चात फेरी पोखरा फर्कदा विहान करिव चार बजेको थियो की । त्यसपछिका केही दिन उदाशी र वैचैनीमा विते र आजका दिन सम्म नसम्झको कुनै दिन भए जस्तो लाग्दैन । मित्रतामा आएको यो झड्का कति भोल्टेजको हो नाप्ने यन्त्र कतै बनेको भए नाप्न हुन्थ्यो ।
उसले मलाई क्यारीकेचर गर्न सिकयो, उसको र मेरो धेरै आनिबानी मेल खान्थ्यो र त हामी सँगै–सँगै हुन्थ्यौ । उसको प्रतिभा, पेशा प्रतिको लगनशिलता, अनुसाशन, कर्तव्य निष्ठता र इमान्दारीता अब्वल थियो । आफै गीत लेख्ने संगीत भर्ने र त्यसलाई मिठो स्वर दिने क्षमता थियो स्वर्गिय दुर्गाबावु पाठकको । त्यसैले त २०६०÷६१ मा चितवनमा सम्पन्न सिनर्जी राईजिङ स्टारमा उत्कृष्ट दश भित्र र आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधि जितेको थियो । ‘पन्छी’ र ‘निद्रा’ लाग्दैन गरी दुई वटा एल्वम् बजारमा आएका थिए उसका । जसमा रहेका गीत यू–ट्युबमा लाखौले हेरेका छन् ।
२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी अधिकृत बनेको उ आफ्ना साथीभाई माझ समेत उत्तीकै लोकिप्रिय थियो । कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मिठो गीत गाएर उर्जा थप्ने कार्यमा दुर्गाबाबु कहिल्यै पछि परेन । संगठनमा समेत अत्यन्तै अनुशासीत, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थ्यो दुर्गाबावु । फुटबल तथा क्रिकेटमा समेत राम्रो खेलाडी उ क्यारीकेचर गर्न, गीतार बनाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थ्यो ।
अब यी सम्झना जीवनभर रहने छ । ती डाँडा काँडामा सँगै पसिना बगाएको एउटै स्याउ पालै पालो टोकेर खाएको, एउटै सर्ट आलोपालो लगाएको, एउटै थालमा खाएको, सँगै घुमेको ती थुप्रै यादहरु अझै ताजै छन् र जीवनभररहने छन् ।
सम्झनाका पोकाहरु फुकाउँदै जाने हो भने कैयौं पाना भरिनसक्छ । र त भन्नैपर्छ कम्व्याटले जोडेको यो गहिरो मित्रता दुई शरिर एक मुटु भएको थियो । सम्बन्ध प्रगाढ हुन र माया लाग्न एउटै बाबु आमाको सन्तान हुनपर्छ र ? खोइ त्यस्तो लाग्दैन । त्यसैले त हामी एउटै थियौ मन, मुटु र मस्तिष्क ।
उसले पंक्षी एल्वम्मा गायका शब्द जस्तै आफ्ना साथीभाई माझ भने मिठो सम्झना छोडेर गएको छ । यी गीतका हरफ जस्तै …………….
मरेर गए इशवरको बरदान
बाचुञ्जेल नहोस केही कमी ।
आजको मिलन भोलीको छुटन
सम्झना रहिरहोस् नौ जुनि ।।
लेखक सशस्त्र प्रहरी निरीक्षक हुन् हुन्छ ।


