, काठमाडौं
वैशाख १०, २०७४- पञ्चायतकाल र २०४६ को राजनीतिक परिवर्तनपछि भएका सबै स्थानीय निर्वाचन दुई वा त्योभन्दा बढी चरणमा भएका छन् । पञ्चायतकाल ०३९ सालमा ४,०२२ गाउँ पञ्चायत र २९ नगरपालिकाका लागि वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गरी चार चरणमा निर्वाचन भएको थियो । पञ्चायतकालकै ०४३ मा चैत ७ र १० गते दुई चरणमा निर्वाचन भएको थियो । त्यतिखेर ४,०१५ गाउँ पञ्चायत र ३३ नगर पञ्चायत थिए ।
बहुदलीय प्रजातन्त्र स्थापनापछि ०४९ मा ३,९९५ गाविस र ३६ नगरपालिकाको निर्वाचन जेठ १५ र १८ मा भएको थियो । त्यतिखेर दोस्रो चरणमा १,९६५ गाविस र २५ नगरपालिकामा भएको थियो । बाँकी पहिलो चरणमा भएका थिए । त्यसबेला एकै जिल्लामा पनि दुई चरणको निर्वाचन भयो । त्यसअघिका निर्वाचनमा पनि जिल्लागत रूपमै पहिलो वा दोस्रो चरण तोकिन्थ्यो ।
०५४ मा ५८ नगरपालिका र ३,९१३ गाविसको निर्वाचन जेठ ४ र १३ मा भएको थियो । यतिबेला विकास क्षेत्रअनुसार निर्वाचनको मिति तोकिएको थियो । पहिलोमा सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलको चुनाव भएको थियो । दोस्रोमा पूर्वाञ्चल र मध्यमाञ्चलमा निर्वाचन गरिएको थियो । सरकार र आन्दोलनरत पक्षबीचको समझदारीपछि २० वर्षमा हुन लागेको ४८१ गाउँपालिका र २६३ नगरपालिका (संख्या घटबढ हुन सekantipur


