सरकार–मोर्चाबीच भएकाे सहमतिबारे जानकारी दिंदै भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । तस्बिर : अंगद ढकाल/कान्तिपुर ।
वैशाख ९, २०७४- प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ ।
मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ । आज सरकार र मोर्चाबीच भएका सहमति बुँदागतरुपमा पढ्नुहोस् ।
- बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
- पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
- बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
- सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
- तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
- स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
- प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
- भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
- मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।
ekantipur


