कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २ गते । गोरखा जिल्ला संग सिमाना जोडिएको तनहुँको सत्र सय फाँट माथि रहेको आधिमुल केही बर्ष देखी धार्मिक पर्यटकको गन्तब्य बन्दै गएको छ ।

माछालाई देवताको रुपमा पुज्दै आएको उत्त क्षेत्रमा सवारी साधान तथा ब्यवस्थित बन भोज खाने ठाउँ बने संगै धार्मिक पर्यटकको गन्तय बन्दै आएको हो ।

सवारी साधनबाट झरेर ५ मिनेट हिडे लगत्तै पुग्ने सकिने उत्त क्षेत्र घना जंगलको फेदीमा पर्दछ । आधिबाराही देवता रहेको उत्त स्थलमा हिन्दु धर्मालम्बीहरुले पशुपंक्षिलाई बलि दिने र बन भोज खान उपयुत्त स्थलको रुपमा प्रयोग हुदै आएको छ ।

पछिल्लो समय सत्र सय देखी सो स्थल सम्म पुग्ने कच्ची सड्कमा सुधार आए संगै दैनिक जसो धार्मिक तथा मनोरञ्जन लिन जानेहरुको संख्यामा समेत बृद्वि भएको पूजारी बताउछन ।

०७४ सालको पहिलो दिनमा मात्रै उत्त स्थानमा ५ हजार भन्दा बढी मानिसहरु पूजा र बन भोजका लागि पुगेको स्थानियको अनुमान रहेको छ ।
अग्लो चुन पहरा बिचबाट लगातार आउने पानी नै यसको बिशेषता हो । यहाँ सम्म पुग्ने जो कोही पनि रमाइलो मानेरै फर्कने गर्दछ ।

आउनुहोस हामी पनि आधिमुलका केही दृष्य हेरौं










