×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनाङमा मेथा पर्व शुरु

  •  
  • शनिबार, बैशाख ०२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नविन लामिछाने/मनाङ
    बैशाख १ गते । हिमाली जिल्ला मनाङको नेस्याङ गाउँपालिका अन्र्तगतको अपर पिसाङमा मेथा अर्थात तीर हान्ने पर्व धुमधामका साथ मनाउन शुरु भएको छ । हरेक बर्ष नयाँ सालको शुरुवातसँगै यहाँका बासिन्दाहरुले यो पर्व मनाउने गर्दछन् ।

    Tek Bahadur Gurung on a progrm at manang
    परापूर्बकाल देखि चलिआएको यो पर्वलाई जीवितै राख्नको लागि पिसाङका स्थानियहरुले हरेक बर्ष नयाँपनका साथ मेथा पर्व मनाउने गर्दछन् । मेथा पर्व गाउँभरीका युवा, बृद्ध सबै एकैठाउँमा भेला भएर एक सातासम्म धुमधामका साथ मनाउने गरेको पिसाङका भुजुङ गुरुङ बताउँछन् । उनका अनुसार गाउँको कृषि उत्पादनमा सहयोग पुरयाउने, गाउँमा राक्षस प्रवेश नगर्ने, गाउँमा झैझगडा नभई शान्ति फैलियोस भन्दै सबै गाउँलेहरुले एकआपसमा माया, सदभाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरिन्छ ।karma ghale
    मेथा पर्वमा दुई पक्षबिच प्रतिस्पर्धा हुन्छ । गाउँका युवादेखि बृद्ध सबैले पर्वमा भाग लिने गर्दछन् केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानियहरुले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तीर हान्ने र मार्ने गरेको स्थानियहरु बताउँछन् । पहिले पहिले जसले राक्षसलाई अन्त्य गर्दछ र उही ब्यक्ति समुदायमा बर्ष पुरुष मान्ने गरिन्थ्यो । अहिले भने पुराना चलनलाई केही नयाँपन दिएर तीर पर्व मनाउन थालिएको छ ।
    स्थानियहरुले पर्वको खुसीयालीमा मिठा मिठा परिकारहरु खाने, विजेतालाई पैसा उठएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गर्दछ । पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक भेषभुषा सहित स्थानियहरु सहभागी हुने गर्दछन् । अहिले मनाङ्ग बासीले मेथा पर्वलाई पर्यटनसँग जोडेर हेर्न थालेका छन् । पदमार्गमा आएका पर्यटकहरुलाई पनि पर्वमा सहभागी गराउने गरीन्छ।

    n (1)
    मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् । स्थानिय सोनाम लामा भन्छन् ७ दिनसम्म मनाइने मेथा पर्वमा पर्यटकहरुको उत्साहजनक सहभागिताले पर्वलाई थप रौनकता दिने गर्दछ ।
    मेथा पर्वमा सहभागी हुन पुग्नु भएका पूर्व श्रम तथा रोजगार राज्य मन्त्रि टेक बहादुर गुरुङ्गले बाबु बाजेले शुरु गरेको यस्ता पर्वलाई पछिल्लो पुस्ताले निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो । यस्ता पर्वलाई पर्यटनसँग जोड्नु पर्ने भन्दै मन्त्रि गुरुङ्गले यो पर्व मनाङको सम्पत्ती भएको दाबी समेत गनु भएको थियो ।
    मेथा पर्व मनाङका ४ वटै गाउँपालिकाहरु नेस्याङ, चामे, नार फू र नासोमा फरक फरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्राहरु मनाइने गरिन्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.