प्रकास ज्योति मावि पहिलो
नबिन लामिछाने/मनाङ्ग
चैत ३० गते । जिल्ला खेलकुद विकास समिती मनाङको आयोजनामा सन्चालन भएको नबौं राष्ट्रपती रनिङसिल्ड सम्पन्न भएको छ । यसपटक प्रकास ज्योति मा वि थोचेले शिल्ड हात पार्न सफल भएको छ ।
चैत २८ गते देखी ३० गते सञ्चालित रनिङ सिल्ड प्रतियोतिामा थोचेको प्रकाश ज्योती मा विले जित हात पारे संगै नगद १५ हजार समेत पाएको छ । खेलमा प्रथम भएको उक्त माविले शिल्ड, ट्रफी र प्रमाण पत्र समेत पाएको छ ।
जिल्लामा रहेको अन्नपुर्ण मावि, लोकप्रीय मावि, प्रकास ज्योती मावि र भानु मावि सबै सहभागी भएका थिए । प्रतियोगितामा एथलेटीक्स र भलिबल खेल भएको थियो । प्रतियोगितामा अघिल्लो दुई वर्ष सम्म लोकप्रिय माविले जित हात पारेको थियो । यसपटक भने लोकप्रिय माविले दोस्रो स्थान सहित नगद १२ हजार प्राप्त गरेको छ ।
त्यस्तै गरी प्रतियोगितामा भानु माविले तेस्रो स्थान सहित नगद ९ हजार हात पारेको छ । प्रतियोगितामा नै अन्नपुर्ण माविले अनुसासित खेलाडीको रुपमा सम्मानित भएको छ ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष इमानसिङ गुरुङको अध्यक्षतामा भएको थियो । खेल अवधिभर एथलेटीकस तर्फ राष्ट्रिय रेफ्री सतेसराज गुरुङ, एमावज महर्जन भलीवलका राम पुन, विष्णु गुरुङले गनु भएको थियो ।




















