×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नयां बर्ष नयां प्रतिज्ञा

  •  
  • मङ्गलबार, चैत २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बुद्धि मल्ल

    महान बैज्ञानिक अल्बर्ट आईन्सटिनले भनेका छन्ः “हिंजोबाट सिक, आजको लागि बांच र भोलीमा आश गर”।
    बेलायतका लेखक तथा कबि टि.एस. ईलिअट भनेका छन् : “गएको बर्षको शब्द गएको बर्षकै भाषा थियो, अर्काे बर्षले अर्कै भाषा प्रतिक्षा गर्दछ” ।
    अमेरीकी फूटबलर विलियम थोमसले भनेका छन्ः “यदि म संग दुख वा पश्चाताप छैन भने नयां बर्ष पनि हुंदैन”।
    बास्तवमा मानव जिवनमा नयां बर्षको निकै महत्व हुन्छ तर, अधिकांश मानिसहरु यसको बास्तविक महत्वलाई नै बुझ्न सकेका हुंदैनन् । नयां बर्षमा साथिभाई, ईष्टमित्र तथा शुभेच्छकहरुलाई खुशि, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरिन्छ । कोहि मन्दिरमा गएर यस्तै प्रकारका खुशियाली, दुखवा परिस्थितीको सामना गर्न शक्ति माग्छन् । परिवार तथा साथिभाईलाई, ईष्टमित्रलाई खुशि, सुखी राख्न सकुं भनि कामना गर्छन् वा आफूले गरेको कुनै गल्ति भए माफ गरिदिन अनुरोध गर्छन् ।
    प्राय कुनै पनि ब्यक्तिले शुभकामना दिंदा वा आशिर्वाद लिंदा ठुलो घर प्राप्त होस्, लाखौं करोडौं धन प्राप्तहोस् , ठुलो चिठ्ठा परोस् भनेर शुभकामना दिने वा लिने गर्दैनन् । घर, नगद, पदोन्नती, मुनाफा जस्ता चिजहरु परिणामहरु हुन् जुन चिजहरु नयां बर्षमा शुभकामना दिईदैन । किनभने परिणाम भनेको शुभकामनाबाट प्राप्त गरिदैनन् । परिणाम प्राप्तगर्नको लागि मानिसले मेहनत गर्नुपर्छ ।
    17841537_10154452475266546_1760713976_nनयां बर्षलाई हर्षाेउल्लासका साथ स्वागत गर्नु पछाडीको उदेश्यहो कि, अघिल्लो बर्ष जे जसरी बिते पनि, यो बर्षमा म संधै खुशिका साथ बिताउनेछु । यो बर्ष म त्यस्तो कुनै कार्य गर्नेछैन कि, जसले गर्दा म दुखी हुन परोस् । अल्बर्ट आईन्सटिनले “हिंजोबाट सिक, आजको लागि बांच र भोलीमा आश गर”भने झै हिंजोको अनुभव तथा गल्तिबाट सिकेर आज हांस्छु, आफू रमाउंछु र अरुलाई पनि रमाउन मद्धत गर्छु र भोलिको लागि ज्ञान, शिप, मान, प्रतिष्ठा आदि कमांउछु अनि धन पनि कमाउछुु भन्ने सन्देशलाई मनन गर्नुपर्छ ।
    टि.एस. ईलिअटले भने अनुसार गएको बर्षको शब्द गएको बर्षकै भाषा थियो, अर्काे बर्षले अर्कै भाषा प्रतिक्षा गर्दर्छ भनेझै हामिले यस बर्ष सफलता प्राप्त गर्नुछ भने नयां शिप तथा ज्ञान हांसिल गर्नुपर्छ । अघिल्लो बर्ष सिकेको ज्ञान तथा शिपले यो बर्ष पनि चाहेको सफलता हांसिल गर्न सकिंदैन । नयां बर्षमा नयां थप ज्ञान तथा शिपहरु हांसिल गर्ने तर्फ ध्यान दिनु जरुरी हुन्छ त्यसैकारण गर्दा संसारका ख्यातिप्राप्त बिद्धानहरुले एकपछि अर्काे नयां नयां ज्ञान तथा शिपहरु हांसिल गर्नको लागि तल्लिन रहन्छन् ।
    विलियम थोमसले भनेका छन्“यदि म संग दुख वा पश्चाताप छैन भने नयां बर्ष पनि हुंदैन” । विलियम थोमसले आफ्नो भनाईमा मानिसहरुलाई जिन्दगीलाई सुन्दर रुपमा ग्रहण गर्न र लक्ष्य प्राप्ति गर्नको लागि कहिल्यै हार नमान्न सुझाएका छन् ।उनले दुख वा पश्चातापलाई लाई जिन्दगीको एउटा सुन्दर उपहारको रुपमा लिएका छन् । नयां बर्षलाई दुख वा पश्चातापलाई सुधार गर्ने एउटा सुवर्ण अवसर मानेका छन् ।
    ब्लुमबर्ग न्यूजका सिईओ तथा संस्थापक माईकलब् लुमबर्गले २०१७ सालका लागि हर परिस्थितीको सामना गर्ने, आफ्नो सिप, कलातथा ज्ञानलाई निरन्तर निखार्दै लैजाने बताएका थिए । उनका अनुसार कुनै पनि प्रकारका सिप, कला तथा ज्ञानले जिन्दगीमा कुनै नै कुनै बखत फाइदा दिन्छ ।
    फेसबुकका संस्थापक मार्क जुकरबर्गले २०१७ मा धेरै भन्दा धेरै ब्यक्तिहरुसंग सम्पर्क गर्ने, उनिहरुले कसरी जिवन बिताईराखेका छन्, काम गरिराखेका छन् र भविष्यको बारेमा कसरी सोंचिराखेका छन् भन्ने सम्बन्धमा जानकारी लिने योजना बनाएको बताएका छन् ।
    अमेरिकामा ४५ प्रतिशत मानिसहरुले नयां बर्षमा बिभिन्न प्रकारका प्रतिज्ञाहरु गर्छन जसमध्ये ८ प्रतिशतले आफ्ना प्रतिज्ञा बर्ष समाप्त हुनुभन्दा पहिला पूरा गर्छन भने ५० प्रतिशतले ६ हप्ता भित्रमा नै प्रतिज्ञा तोड्छन् । एक अध्ययन अनुसार अमेरिकीहरुले २०१७ मा निम्न बमोजिमको कार्यहरुलाई प्राथमिकता दिएकाथिए । १. वजन घटाउने २. आफूलाई ब्यवस्थित बनाउने ३. मितब्ययिता अपनाउने र बढि बचत गर्ने ४. जिन्दगीमा भरपूर आनन्द लिने र पूर्ण जिवन बिताउने ५. फिट र स्वस्थ रहने ६. नयां नयां ज्ञान हांसिल गर्ने ७. धुम्रपान छोड्ने ८. अन्यको सपना पूरा गर्न सहयोग गर्ने ९. प्रेममा पर्ने र १०. परिवारसंग अधिक समय बिताउने ।
    देश परिस्थिती, भूगोल, संस्कृती, धर्म अनुसार नयां बर्षमा मानिसहरुले गर्ने प्रतिज्ञा फरक हुन सक्छन् तर, प्रतिज्ञा जस्तो सुकै भएपनि प्रतिज्ञा पूरा गरेको उक्त ब्यक्तिलाई सकरात्मक लाभ हुन्छ । कुनै पनि कार्यको थालनी गर्नु भनेको सो कार्य आधा सकिनु बराबर हो तर, यो थाहा हुंदाहुंदै पनि हामिहरुलाई थालनी गर्नको लागि नै कठिन लाग्छ । कार्य पूरा गर्नको लागि हामिलाई धर्यको आवश्यकत्ता पर्छ । धर्य गर्ने बानी बसाल्नुपर्छ । कुनै पनि ब्यक्ति १ कक्षाबाट २ कक्षामा जानको लागि १ बर्ष पढ्नुपर्छ, १ बर्ष धर्य गर्नुपर्छ भने हामिले आफ्नो जिन्दगीमा तय गरिएको लक्ष्यप्राप्ति एकैछिनमा हुंदैन भन्ने हामिले हेक्का राख्नुपर्छ ।
    दशरथ माझीको जिवनीमा आधारित रहेर सन् २०१५ मा बनेको नवाजुद्धिन सिद्धिकिद्धारा अभिनित बलिउड चलचित्र माझी–द माउन्टेन म्यानमा माझी बनेको सिद्धिकिले भन्छन् भगवानको भरोसामा नबस्नु, के भर भगवान हाम्रो भरमा बस्नुभएको छ कि ! चलचित्रले हामिलाई कुनै पनि कामको नतिजाको लागि हामि आफैले काम गर्नु जरुरी छ भन्ने सन्देश दिएको छ । भगवानको जति भक्ति तथा प्रार्थना गरे पनि लक्ष्य प्राप्तिको लागि हामि आफै दत्तचित्त भएर नलागेमा सफलता हांसिल गर्न सकिंदैन । प्रतिज्ञा कस्तो हुनुपर्छ भन्ने यो चलचित्रमा दशरथ माझीको प्रतिज्ञा एउटा राम्रो उदाहरण रहेको छ । माझीले एक्लैले भारतको बिहार राज्यको गया नजिक गेहलउर गांउमा केवल घन र गैतीको सहायताले २२ बर्ष लगाएर ३६० फिट लामो २५ फिट गहिरो र ३० फिट चौडा सडक बनाएका थिए ।
    बास्तवमा नयां बर्ष बाटो बिराएकालाई सहि बाटोमा हिंड्न सिकाउने र पहिल्यै नै सहि बाटोमा हिंडिराखेकाहरुलाई थप बिश्वस्त भई अझ राम्रो गतिमा हिंड्न सिकाउने दिन हो । यदि हामिले नयां बर्ष एकदमै हर्षाेउल्लासको साथ मनाएर स्वागत गर्यौ तर, अन्य ३६४ दिन पहिलाको जस्तै वा यथास्थितीमा बिताउन थाल्यौं भने नयां बर्षको स्वागत अर्थहिन हुन्छ । हरेक दिन कुनै पनि गलत कार्य गर्नु पूर्व नयां बर्षलाई स्वागत गर्दा खाएको कसम वा प्रतिज्ञालाई सम्झनुपर्छ । नयां बर्षमा म फरक ढंगले अघि बढ्नेछु, नयां तरिकाले सोंच्नेछु, नयां तरिकाले कार्य गर्नेछु, ३६५ दिन नै खुशिका साथ बिताउनेछु, खराब बानी, खराब आचारण त्याग्नेछु, सबैलाई सम्मान गरेर आफूले पनि सम्मान प्राप्त गर्नेछु, असफलतासंग डराउने छैन, लक्ष्य प्राप्तिको लागि आवश्यक नयां नयां ज्ञान तथा शिपहरु हांसिल गर्नको लागि कहिल्यै कन्जुस्यांई गर्ने छैन आदि जे जस्ता कसम वा प्रतिज्ञाहरु गरिएका थिए, सबैलाई आफूले देख्ने गरि भित्तामा लेखेर राखेमा सो को कार्यान्यवन गर्न सजिलो हुन्छ ।
    ब्यक्तिले आफ्नो सामथ्र्य अनुसारको कसम वा प्रतिज्ञा गर्नुपर्छ र पूरा गर्न सकिने खालको यथार्थवादी हुनुपर्छ । नयां बर्षमा हामिले एकदमै ठुलै प्रतिज्ञा गर्नुपर्छ भन्ने छैन । सानै भएपनि, जे प्रतिज्ञा लिन्छौं, त्यसलाई शतप्रतिशत पूरा गर्ने पूर्ण योजना बनाएर अगाडी बढ्न सक्यौं भने पनि जिवनमा उल्लेखनिय परिवर्तन ल्याउन मद्धत गर्न सक्छ । दशरथ माझी जस्तै आफ्नो प्रतिज्ञामा प्रतिबद्ध रहौं । नयां बर्ष २०७४ मा यहांहरुले गर्नुभएको कसम वा प्रतिज्ञा पूरा होस, यहांहरुलाई धैर्य धारण गर्ने क्षमताको विकास होस्, सकरात्मक सोंच, मेहनत, ज्ञान तथा शिपको भोकले कहिल्यै पनि साथ नछोडोस् । नयां बर्ष २०७४को अवसरमा यहांहरुलाई सुख, खुशी, समृद्धि तथा सफलताको शुभकामना । नयां बर्ष शुभ रहोस शुभकामना ।शुभकामना ।

    लेखकःओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.