×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यसरी चाेरी हुन्छ एटीएमबाट पैसा

  •  
  • मङ्गलबार, चैत २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     लोकेन्द्र प्रसाईं

    काठमाडौं : यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा झिकेको दाबी सीआईबीको छ । प्रहरीले उनीहरूको साथबाट एटीएमको डाटा मेट्न र नयाँ अकाउन्ट डाटा राख्न प्रयोग हुने स्किमर मेसिन, एक हजारभन्दा बढी अकाउन्ट डाटा नियन्त्रणमा लिएको छ ।

    एटीएममार्फत यो ठगी नेपालमा पहिलो भने होइन । प्रहरीको दाबीअनुसार नेपालमा तीन वर्षदेखि एटीएम ठगी सुरु भएको हो । एटीएम ठगी पछिल्लो समय भने अनेक रूपमा देखिन थालेको छ । एटीएम ठगीमा विगतमा एटीएम बुथ प्रयोग हुने गरेको समाचार आउँथे भने पछिल्लो समय स्वाइप मेसिनको समेत प्रयोग हुने गरेको खुलासा भएको छ । सामान किनेपछि त्यसको भुक्तानीका लागि प्रयोग हुने स्वाइप मेसिन ठगले सामान किन्न भन्दा पनि पैसा झिक्न प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

    सामान किनेपछि भुक्तानीका लागि प्रयोग हुने स्वाइप मेसिन ठगले पैसा झिक्न प्रयोग गर्ने गरेको प्रहरीको दाबी ।

    महानगरीय अपराध महाशाखाले यसै महिना स्वाइप मेसिनमार्फत एटीएम ठगी गर्ने गिरोहलाई पक्राउ ग¥यो । यो गिरोह करोडौं रुपैयाँ स्वाइप मेसिनमार्फत निकालेपछि प्रहरीको फन्दामा परेको हो । एटीएम ठगीमा पछिल्लो समय केही नयाँ कुरा बाहिर आएका छन् । त्यसमा स्वाइप मेसिनको प्रयोग, नेपालीको संलग्नता र व्यवसायीको समेत मिलेमतो हुने गरेको छ । विगतमा भएका एटीएम ठगीको घटनामा विदेशीको संलग्नता मात्र देखिएको थियो । तर, स्वाइप मेसिनमार्फत भएको ठगीले नेपालीको संलग्नता र नेपाली व्यवसायीको मिलेमतो पनि बाहिर आएको छ ।

    यसका कारण केही नेपाली व्यवसायी पक्राउ परिरहेका छन् भने अन्य केही फरार छन् । महानगरीय अपराध महाशाखाले गत साता मात्र पोखराबाट टीका रिसोर्टका मालिक टीका पौडेललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । उनले एटीएम ठगीको गिरोहसँग मिलेर स्वाइप मेसिनबाट पैसा निकालेको प्रहरीको भनाइ छ । महाशाखाले काठमाडौंबाट पक्राउ गरेका सुरेश केसी, सञ्जय सिंह भनिने केवल प्रताप राणा, अभिषेक नकर्मी, अनुज नकर्मीको बयानका आधारमा टीका पनि यस ठगीमा संलग्न रहेको पाइएको हो । भारतका आईटी इन्जिनियर ३० वर्षीय अभिषेक पाण्डे पनि पक्राउ परेका छन् ।

    नेपालीबाटै ठगी सुरु

    एटीएम ठगीका प्रायः घटनामा विदेशीको संलग्नता देखिए पनि यसको सुरु भने नेपालीबाटै भएको प्रहरी अनुसन्धानले देखाएको छ । अपराध महाशाखाका डीएसपी अजय केसी नेपालमा एटीएम ठगीको सुरुवात नेपालीबाटै भएको बताउनुहुन्छ । मुख्य सुरुवातकर्ता सुरेन्द्र महर्जन चार वर्षदेखि फरार रहेको प्रहरीको दाबी छ । सुरेन्द्रको मुख्य सहयोगीका रूपमा सुरेशले काम गर्थे । उनीहरूले गुगलबाट विदेशी गिरोहमार्फत अकाउन्ट डाटा किन्ने गर्थे जसको मूल्य ५० डलरदेखि पाँच सय डलरसम्म रहने गरेको प्रहरीको दाबी छ । ‘यस्ता डाटा किन्दा जोखिम पनि उत्तिकै हुने गर्छ । कुनै अकाउन्टमा पैसा नहुन वा थोरै हुन पनि सक्छ’, डीएसपी केसी भन्नुहुन्छ । सुरेन्द्रले नै पोखरामा टीकासँग सम्पर्क गरी स्वाइप मेसिनबाट पैसा निकाल्ने धन्दा सञ्चालन गरेका थिए ।

    तर, बैंकको उजुरीपश्चात् सुरेन्द्र फरार भएपछि टीका र सुरेशबीच सम्पर्क बढेको थियो । पछिल्लो समय नेपालमा स्वाइप मेसिनमार्फत ठगी गर्ने नेपालीको नेतृत्व सुरेशले नै गर्ने गरेका थिए । दोलखा भीमेश्वरका सुरेशले ३१ वर्षीय सञ्जयलाई सम्पर्कमा ल्याए । ललितपुर कुसुन्तीका सञ्जय सुरेशको योजना सुनेर काम गर्न सहमत भए । सञ्जयले काठमाडौंका २७ वर्षीय अभिषेक नकर्मीलाई समूहमा ल्याए । अभिषेकका सहोदर दाइ हुन् ३० वर्षीय अनुज नकर्मी । यो समूहले भक्तपुरको पौराणिक थान्का सप्लायर्सबाट ४५ लाख, ठमेलको सोभेनियर हस्तकला पसलबाट ३० लाख र चाबहिलको चाँदनी ज्वेलर्सबाट ४५ लाख रुपैयाँ निकालेको प्रहरीको भनाइ छ ।

    पौराणिक थान्काका मालिक विजय दोङ, सोभेनियरका मालिक नदिम खान र चाँदनी ज्वेलर्सका मालिक फरार छन् । दुई वर्षअघि नयाँदिल्लीमा पनि कपडा पसलबाट तीन लाख रुपैयाँ निकालेको दाबी गरिएको छ । ‘सुरेशको बयानका आधारमा नेपालमा विदेशीभन्दा अगाडि नेपालीबाटै एटीएम ठगी हुने गरेको देखिएको छ । उनकै बयानका आधारमा टीकाको पनि पहिचान भएको छ’, डीएसपी केसी भन्नुहुन्छ ।

    गिरोहले व्यवसायीसँग मिलेर सामान नकिनी स्वाइप गर्ने र अकाउन्टमा पुगेको पैसा गिरोह र व्यवसायीले बाँड्ने गरेको प्रहरीको भनाइ छ । तर, लिकर वल्र्ड सपका मालिकले आफ्नो सामान बिक्री भए पनि स्वाइप गरेको रकम अकाउन्टमा नआएको भन्दै प्रहरीमा उजुरी गरेपछि सुरेशसहितको टोली पक्राउ परेको हो । यसपटक लिकर सपका मालिकका भाइ मिङमार शेर्पालाई प्रयोग गरी गिरोहले स्वाइप मेसिन घरमै लगेर कार्ड घोटेको थियो । करिब चार लाख रुपैयाँ रकम घोटिएपछि सञ्जय रक्सी लिन लिकर सप आएका थिए । ‘त्यहाँबाट लगिएको रक्सी अन्यत्र बेचिएको देखिएको छ ।

    लिकर सपका मालिकले बैंकबाट पैसा नपाएर उजुरी गरेपछि मात्र हामीले गिरोहलाई समात्न सक्यौं’, प्रहरी भन्छन् । लिकर सपका मालिकलाई बैंकले स्वाइप गरिएको कार्ड ब्लक भएको र पैसा जान नसक्ने बताएपछि उनी झसंग भएका थिए । पक्राउ परेका भारतीय इन्जिनियर अभिषेक पाण्डे केही दिनभित्रै करोडौं पैसा झिक्ने योजना बनाएर नेपाल भित्रिएको प्रहरीको दाबी छ । ‘नत्र भने प्रहरीसम्म यो मुद्दा आइपुग्दैनथ्यो । व्यवसायी र गिरोह दुवै मिल्ने र पीडित विश्वको कुनै कुनामा रहने भएकाले यस्तो ठगी भएको थाहै पाइन्न’, डीएसपी केसी भन्नुहुन्छ, ‘अर्कोतर्फ बैंकहरूले पनि आफैं उजुरी गरेको पाइन्न ।’

    नेपालमा भएका हालसम्मका एटीएम ठगीमा १८ जना विदेशी पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ८४ लाख २८ हजार नेपाली रुपैयाँ, ६३ हजार आठ सय ५५ अमेरिकी डलर र ६२ हजार नौ सय ५० युरो बरामद गरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.