×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आफ्नै गीत जस्तै बनेको जीवन (सन्दर्भ प्रथम पुण्यतिथि)

  •  
  • आइतबार, चैत २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हजुरको देशमा हजुरकै मर्जी,
    म त हजुर दुई दिनको पाहुना ।

    शैलेन्द्र थापा

    उठान गर्न खोजिएको कुरा २०६८ साल तिरको हो । आफ्नो पहिलो सोलो एल्वम् ‘पन्छी’का लागि उनी यहि शब्दरचनामा गीत गाउने (स्वर भर्ने) तयारीमा थिए । उनले यस किसिमको गीत गाउने कुरा थाहा पाएपछि आमाको मनमा केही चिसो पस्यो । यस्ता–यस्ता शब्दका गीतहरु नगाए हुन्थ्यो भन्ने आमालाई लागेछ क्यारे । ‘बावु यो गीत नगाउ’, छोराप्रति असन्तुष्टि जनाउँदै आमाले भन्नुभएछ–‘भो पर्दैन यस्तो गीत गाउँन ।’ तर, उसले आमालाई सम्झाउँदै भन्यो–‘आमा आखिर गीत त हो नि, केही फरक पर्दैन ।’ केहीसीप नलागेपछि आखिर आमा चित्त बुझाउन बाध्य हुनुभयो । दैवको लीला टारेर टर्दैन कसैगरि भनेझैँ आखिर, २०७२ सालमा भयो त्यस्तै । माथि उद्धरण गरिएका गीतका शब्दहरुले व्यक्त गर्न खोजेका सन्देशसँग उनको जीवनले मेल खान गयो । र, केवल उनी अहिले मानव रुपी भौतिक शरिरविहिन अवस्थामा हामीमाझ सम्झनाका यस्तै अमिट उपहार छोडेर यस घर्तीमा विलिन भएका छन् ।

    1
    उनै मिठो स्वरका धनी सशस्त्र प्रहरी निरीक्षक दुर्गाबावु पाठकको २०७२ चैत्र २८ गते चितवनबाट काठमाडौं आउने क्रममा धादिङको मलेखुस्थित पृथ्वी राजमार्गमा भएको अकल्पनिय सडक दुर्घटनामा परि निधन भयो । साष्ट्रसेवाको अलवा लामो समयदेखि संगीतको क्षेत्रमा, विशेष गरि आधुनिक संगीततर्फ आफ्नो नाम चम्काउँदै गरेका स्व.पाठक संगीतकार तथा रचनाकार समेत थिए । आफै गीत लेख्ने, संगीत भर्ने र त्यसलाइ मिठो स्वर दिने क्षमता राख्दथे उनी ।

    माथि उल्लेखित गीतको अर्को हरफका शब्दमा उनले गाएका थिए,
    मरेर गए इश्वरको वरदान,
    वाचुन्जेल नहोस केही कमी ।
    आजको मिलन भोलिको विछोट,
    सम्झना रहिरहोस् नौ जुनी ।। 

    यी शब्द वास्तवमै उनको जीवनसँगै मेल खान गए । चितवनको शिवनगरमा २०४१ सालमा जन्मिएका स्व.पाठक २०६४ साल असार ६ गते सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट प्रबेश गरेका थिए । सानै उमेरदेखि गीत संगीतमा रम्न चाहने उनी २०६०÷०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ्ग स्टार प्रतियोगितामा उत्कृष्ट दशभित्र समेत पर्न सफल भएका थिए । यस्तै चितवनमै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधी समेत हात पार्न सफल भएका थिए ।

    Sailendra Thapaआधुनिक संगीततर्फ विशेष रुचि राख्ने स्व.पाठक प्राय सबै प्रकारका गीत गाउने दक्षता राख्दथे । उनका यसअघि पनि ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ जस्ता दुइवटा एल्वम् बजारमा आइसकेका छन् । यस एलबम्मा अहिलेकी चर्चित गायिका अन्जु पन्तसँग सयुंक्त रुपमा उनले उनस्वर दिएका थिएभने म्यूजिक भिडियोमा समेत चर्चित नायिका केकी अधिकारी तथा निता ढुंगानाका साथ उनलाई देख्न सकिन्छ । उनले गाएका हजुरको देशमा, पलपल तिम्रो यादले, निद्रा लाग्दैन आदि गीतहरुका म्यूजिक भिडियो यू–ट्युबमा समेत हेर्न सकिन्छ ।
    २०६४ सालबाट सशस्त्र प्रहरी अधिकृत बनेका उनी आफ्ना साथीभाईसाझ समेत उत्तीकै लोकिप्रिय मानिन्थे । कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मिठो गीत गाएर उर्जा थप्ने कार्यमा उनी कहिल्यै पछि परेनन् । संगठनमा समेत अत्यन्तै अनुशासित, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थे उनी । संगठनमा राम्रो भविष्य बोकेका स्व. दुर्गाबाबु पाठक सहयोगी एवं सहहृदयी अधिकृतका रुपमा परिचित थिए । फुटबल र क्रिकेट खेलका समेत अब्बल खेलाडी उनी क्यारीकेचर गर्न, गीतार बनाउन तथा अन्य विभिन्न क्रियाकलापमा समेत अब्बल मानिन्थे । बहुप्रतिभाका धनी स्व.पाठकले पंक्षी एल्वम्मा दिएको सुमधुर स्वर जस्तै आफ्ना साथीभाईमाझ पनि मिठो सम्झना छोडेर गएका छन् ।

    Sailendra 1
    स्वर्गिय पाठककी आमा आज पनि त्यही गीत सम्झदै भन्नुहुन्छ–‘मैले त्यो गीत नगाउ भनेको मान्दै मानेन, आखिर यस्तो हुन लेखेको रहेछ ।’ जे नहुनु थियो त्यो भइनैसक्यो । अब हामीले जति नै बिलौना गरेपनि उनको भौतिक उपस्थिति पाउन सक्दैनौं । भोलिका दिनमा उनका सांगितिक कृर्तिहरुलाई जर्गेना गर्दै उनले अगुवाई गरेको पथमा सिर्जनशिल भएर लागेको खण्डमा स्व. पाठकको आत्माले चिरशान्ति पाउने अपेक्षा गर्न सकिन्छ ।

    लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.