×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नयाँ शक्ति केन्द्रदेखि स्थानीयतहसम्मै आर्थिक संकटमा

  •  
  • बुधबार, चैत २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     चन्दा उठाउने नीति बन्यो

     काठमाडौ : आर्थिक समृद्धिको युगको नेतृत्व गर्न सक्ने पार्टी बनाउने दावी गर्दै आएका बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपाल आर्थिक संकटमा परेको छ । सो पार्टीले बनाएको निर्वाचनको तयारी सम्बन्धी कार्ययोजनामा पार्टी आर्थिक संकटमा रहेको जनाइएको छ ।

    ‘हामी आर्थिक संकटमा छौं । यस्तो संकट केन्द्रमा मात्र होइन स्थानीय तहसम्म नै छ । हामी निर्वाचनमा सहभागी भइरह“दा आर्थिक स्रोत अझ धेरै आवश्यक पर्ने पक्का छ’ कार्ययोजनामा भनिएको छ । आर्थिक व्यवस्थापनका लागि सो पार्टीले सात बुँदे सर्कुलर जारी गरेको छ ।
    मितव्ययिता र आत्मनिर्भरतालाई मुख्य नीति र शैली बनाउने,नियमित पार्टी सञ्चालनका लागि लेवीलाई प्रभावकारी बनाउने,आर्थिक व्यवस्थापनस“ग सदस्यतालाई जोड्ने,यसकालागि अनिबार्य सदस्यता विवरण र सो वापत हुने शुल्कको हिस्सा केन्द्रीय समितिमा त्रैमासिक बुझाउने व्यवस्था गर्ने,यसले स्थानीय कमिटीहरुमा पनि आर्थिक स्रोत जम्मा हुने कार्ययोजनामा उल्लेख छ । निर्वाचनमा पुराना शक्तिहरुले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिस“ग प्रतिस्पर्धा गर्ने नभई मितव्ययिता, स्वच्छता, पारदर्शिता, आत्मनिर्भरतामा जोड दिने नीति सो पार्टीले बनाएको छ । न्यूनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतास“ग विधिसम्मत र पारदर्शी ढंगले विशेष सहयोग संकलन गर्ने योजना सो पार्टीले बनाएको छ ।
    विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने,एक जनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने,मुठ्ठिदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने,यस्तो सहयोगलाई जोरजबरजस्ति नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने योजना सो पार्टीले बनाएको छ । पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गर्न आर्थिक प्रबद्र्धन शाखा वा पार्टी सहयोगीहरुबाट सुरु गर्ने गराउने,जसलाई पार्टी कार्यकर्ता शुभेच्छुकहरु लगायत विदेशमा बिक्री गर्ने र सो वापत आम्दानी गर्ने नीति सो पार्टीको छ ।
    सात प्रदेशमा सात वटा भव्य सा“स्कृतिक कार्यक्रम गर्ने,यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीबे्रटीहरुले प्रदर्शन र प्रस्तुति दिने,प्रवास प्रदेशले निर्वाचन प्रयोजनका लागि आफ्ना मातहतका कमिटीहरुलाई आर्थिक सहयोगका लागि बिशेष अपील गर्ने, केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर प्रभावकारी कार्यसम्पादन गर्ने योजना सो पार्टीको छ ।
    भूगोल, गैरभूगोल र विदेशमासमेत गरी एक सय सात वटा वटा जिल्ला समिति (परिषद), ११ वटा प्रदेश समिति (परिषद), ३१ वटा विभाग, २७ वटा आंगिक पेशागत संगठनको संरचना निर्माण गरेको सो पार्टी आर्थिक संकटमा परेको छ । निर्वाचन आयोगका ७५ वटै कार्यालयमा पार्टीलाई दर्ता गरेको सो पार्टीले आफूलाई प्रवासी नेपालीको वीचमा पनि बलियो शक्तिका रुपमा स्थापित गरेको दावी गरेको छ ।
    चैत १५ र १६ गते काठमाडौमा भएको संघीय परिषदको दोस्रो पूर्ण बैठकले पारित गरेको निर्वाचनको तयारी सम्बन्धी कार्ययोजनामा भनिएको छ ‘अब हामीले एकातिर वैकल्पिक र राम्रो पार्टी बनाउने र अर्कोतिर ठूलो र शक्तिशाली पार्टी बनाउने चुनौतिलाई एकैसाथ हल गर्नु पर्छ । यी अन्तरबिरोधी कुरा होइनन् । किनभने दुबैलाई एकसाथ लैजानु पर्छ । हामीलाई राम्रो र ठूलो मध्ये एउटा छान्ने छुट छैन । हामी एकैसाथ दुबै हुनुपर्छ र हुनेछौं । यसमा सम्पूर्ण पार्टी पंक्तिको एउटै बुझाइ हुनु जरुरी छ । अनि मात्र हामी दुबै चुनौतिहरुको समाधान खोज्न सफल हुन सक्नेछौं ।’

    सो पार्टीले सबै निर्वाचन इकाइहरुलाई तीन श्रेणीमा विभाजन गर्ने अवधारणा बनाएको छ । सो पार्टीले निर्वाचन जित्ने क्षेत्रलाई पहिलो क्षेत्र मानेको छ । स्थानीय तहमा कुन गाउ“पालिका वा नगरपालिकामा आफूले जित्न सक्ने हो,त्यसको बस्तुनिष्ठ सूची तयार गर्ने,यस्तो सूची आफनो बस्तुगत र आत्मगत शक्ति, सामथ्र्य र सम्भावनाको आधारमा बनाउने,सूचीका आधारमा जित्ने क्षेत्रमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरिने कार्ययोजनामा उल्लेख छ । सो पार्टीले सहकार्यको क्षेत्रलाई दोस्रो क्षेत्र मानेको छ । ‘पुराना पार्टीहरुको स्थान र शक्ति सन्तुलनमा फेरबदल ल्याउन सकिने क्षेत्रहरु कुन कुन हुन् सो विचार गरी दोश्रो श्रेणीका निर्वाचन इकाईहरु निर्धारण गरिने छ । यो श्रेणीका निर्वाचन इकाइहरुमा सहकार्य गर्ने र अधिकतम राजनीतिक लाभ लिने नीति हुनेछ’सो पार्टीले भनेको छ । सो पार्टीले संगठन विस्तार र विस्तारको क्षेत्रलाई तेस्रो क्षेत्र मानेको छ । ‘जहा“ पार्टी तुलनात्मक रुपमा कमजोर छ त्यहा“ पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिने नीति लिनु पर्छ । निर्वाचनका माध्यमबाट पार्टी निर्माण र नेतृत्व विकास होस् भन्ने यस्ता क्षेत्रहरुको मुख्य जोड हुनेछ’कार्ययोजनामा भनिएको छ ।

    कार्ययोजनाको उद्देश्यमा पार्टीलाई एक वैकल्पिक शक्ति र मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा स्थापित गर्नु रहेको छ । तीनवटै निर्वाचनमा श्रेष्ठता हासिल गर्ने,आगामी दिनमा हुन गइरहेका स्थानीय,प्रादेशिक र संघीय निर्वाचनहरुमा प्रतिस्पर्धा गरी मुख्य राजनीतिक दलहरुको सूचीमा आफूलाई स्थापित गर्नु नै आफनो उद्देश्य रहेको सो पार्टीले स्पष्ट पारेको छ । निर्वाचनलाई पार्टी विस्तारको आधार बनाई तीनवटै निर्वाचनको अन्त्यमा पार्टी देशका सम्पूर्ण नगर तथा गाउ“पालिकाका टोल–टोलसम्म निर्माण गरिने, पार्टीको वैकल्पिक धार र पाँच ‘स’ लाई जनताबीच पु¥याइने,पार्टी वैकल्पिक पार्टी हो भन्ने कुरा जनताबीच स्थापित गर्दै पार्टीका मुख्य नीतिहरुमा जनताको समर्थन प्राप्त गर्न प्रयत्न गरिने कार्ययोजनामा उल्लेख छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.