नविन लामिछाने/मनाङ्ग
चैत्र २३ गते । मुलुकभर नेपाल सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न खुलाएको म्यादी प्रहरी पदमा मनाङ्गमा १ सय ४७ जनाको आवेदन परेकोमा ९० जना छनौट भएका छन् ।
नेपालको सबैभन्दा कम मतदाता रहेको जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन म्यादी प्रहरी पदमा भर्ना खुलाएको थियो । फारम भरेका ३७ महिला मध्ये म्यादी प्रहरीमा २७ छनौट भएका छन् भने १ सय १० जना पुरुष मध्ये ६३ जना पुरुष छनौट भएका हुन ।
म्यादी प्रहरीका लागि जिल्ला लगायत छिमेकी जिल्ला लमजुङ्गका केही व्यक्तिहरुले आबेदन दिएका थिए । आवेदन दिएका मध्ये १ सय ३२ जनाले लिखित परीक्षामा सामेल भएका थिए । अन्तरवार्ता पछि भने ९० जना मात्रै छनौट भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
मनाङ्गमा छनौट भएका म्यादी प्रहरीलाई छिमेकी जिल्ला लमजुङ्ग पठाइने र लमजुङ्गबाट मनाङ्ग आउने प्रजिअ भण्डारीले बताए ।
मनाङ्गमा ९० जना म्यादी प्रहरी छनौट
मनाङ्गमा ९० जना म्यादी प्रहरी छनौट
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















