×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भूकम्पपीडितलाई कर्जा दिने व्यवस्था मिलाउन निर्देशन

  •  
  • बुधबार, चैत २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, चैत २३ गते ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ ।  धेरै भूकम्पपीडितले बैङ्क तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसकेको, बैङ्कहरूले कोटा सकिएको भनी कर्जा दिन अस्वीकार गरेको लगायत गुनासो प्राधिकरणमा गरेपछि प्राधिकरणले मङ्गलबार राष्ट्र बैङ्कलाई यस्तो निर्देशन दिएको हो ।

    आर्थिक वर्ष २०७२/७३ को बजेटमा भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर निश्चित मापदण्डका आधारमा आफैले निर्माण गर्न चाहनेका लागि दुई लाख रुपियाँसम्मको निब्र्याजी ऋण सहायता उपलब्ध गराइने उल्लेख गरेको छ ।  त्यस्तै, पीडितले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन चाहेमा सरल प्रक्रिया अपनाई नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको कार्यविधिको आधारमा दुई प्रतिशतको सहुलियत ब्याज दरमा काठमाडांँै उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपियाँसम्म भूकम्पपीडित विशेष आवास कर्जा उपलब्ध गराइने विषय उल्लेख रहेको स्मरण गराउँदै प्राधिकरणले राष्ट्र बैङ्कलाई लिखित निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणअन्तर्गत नीति, योजना, अनुगमन तथा विकास सहायता समन्वय महाशाखा प्रमुख एवम् प्रवक्ता यमलाल भुसालले नेपाल राष्ट्र बैङ्कबाट हालसम्म करिब ५० करोड रुपियाँको हाराहारीमा सहुलियत दरको कर्जा प्रवाह भएको जानकारी प्राप्त भएको बताउनुभयो ।  अझै कतिपय पीडितबाट सहुलियत तथा विशेष कर्जा प्राप्त गर्न कठिन भएको गुनासो आएकाले कर्जा प्रक्रियालाई सरलीकरण गरी सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैङ्कलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय पुनःनिर्माण तथा पुनःस्थापना नीति २०७२ मा भएको व्यवस्था तथा भूकम्प प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७३ मा आवास पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीले तीन किस्तामा तीन लाख रुपियाँ बैङ्किङ माध्यमबाट आवास अनुदान प्राप्त गर्ने व्यवस्था छ ।  त्यस्तै, निजी आवास पुनःनिर्माण एवम् प्रबलीकरणका लागि उपलब्ध गराइएको अनुदानभन्दा बढी खर्च गरी निजी आवास पुनःनिर्माण, प्रबलीकरण वा मर्मत सम्भार गर्न चाहने लाभग्राहीले निर्माणाधीन घर धितो राखी सामूहिक जमानीमा नेपाल सरकारले निर्णय गरेबमोजिम निब्र्याजी कर्जा रकम नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको कार्यविधिका आधारमा विभिन्न बैङ्कमार्फत प्राप्त गर्न सकिने व्यवस्था छ ।

    तर, पुनःकर्जाको प्रक्रिया निकै झन्झटिलो भएको भन्दै निजी बैङ्कहरूले यस्तो कर्जा उपलब्ध गराउन खासै चासो नदेखाएको राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.