अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिनुभयो । अनुहार पूरै जलेका नेपालीको स्वास्थ्यमा सुधार भइरहेको पनि प्रमुख केसीले बताउनुभयो ।

ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेका छन् भने झाँक्री पनि समस्यामा पर्ने गरेका छन् । केही वर्षअघि पनि जिल्लाको जुवु गाविसमा एक बिरामीलाई उपचार गर्ने क्रममा धामीलाई बिरामीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

rajdhanidaily